सरोज केसी, काठमाडौँ :
पिडिमा बसेर मेरै बाटो हेरेर भन्दै गित गाउने गायक बुद्धि कृष्ण लामिछाने साच्चै यति बेला पिडि मा नै बसेरदिन काट्ने गर्दछन। उनको शरीरको दाहिने भाग नचलेको चार बर्ष भई सक्दा पनि कुनै निकाय बाट पनि एक रुपया पनि सहयोगनभएको मा उनि दुखेसो पोख्छन।
साठी बर्षे लोक गायक बुद्धि कृष्ण लामिछाने को उच्च रक्तचाप र मधुमेह ले गर्दा दाहिने पाटो माप्यारालाइसिस भएको हो। आर्थिक अभाब को कारण ले राम्रो संग उपचार गर्न नसक्दा रोग झन् झन् बढ्दै गएको कुरा उनले बताए,हाल उनको टाउको मा रगत जमेको कारण ले गर्दा उन को स्वास्थ्यमा समस्या झन् जटिल हुदै गएको छ, अप्रेशन गर्न धेरै खर्चलाग्ने भएको ले आर्थिक अभाब ले गर्दा सामान्य औषधि उपचार को भर मा मृतु का दिन गन्दै बसेका छन् बरिष्ट लोक गायक बुद्धिकृष्ण लामिछाने, पिडि मा बसेर यति खेर। तर उनलाई यति चाडै मर्न भने मन छैन उनमा बाच्ने रहर धेरै छ र आफ्नो रोग निको भएपछि झन् राम्रा राम्रा नाच्ने रमाउने गित हरु गाएर दर्शक श्रोता हरु लाइ मनोरंजन दिने इच्छा छ, त्यस माथि भुकम्प ले गर्दा घर पनिबस्न नसक्ने स्तिथि भए पछि अर्का को बारी मा कटेरो को बास मुनि जेनतेन जिबन गुजार्न बाध्य भएका छन् ।

भेटका क्रममा उनले हासी हासी नै केहि गित हरु पनि गाएर सुनाए आफ्नो पिडा लुकाएर पनि, पहिलेको जस्तो सुर नभए पनि उनिसम्झी सम्झी सुरमा गाउने प्रयास गर्दै थिए, साथै संचार माध्यम बाट भने आफ्नो बारेमा सुचना तथा प्रचार प्रसार भईरहेकोमा उनले खुसि ब्यक्त गरे, होचो कद का मोटा घाटा बुद्धि कृष्णका दुइ छोरा र पाँच छोरी छन् उनि भक्तपुरको खरिपाटी नजिकै बागेश्वरी बस्छन जुन उनको पुर्ख्यौली थलो हो ।
बुद्धि कृष्ण लामिछानेसंग इन्द्रेणीले लिएको लाइभ कुराकानीको भिडीयो तल हेर्न सकिन्छ।