भूकम्पपिडीतलाई एनआरएनए युएईको दुबई क्षेत्रीय समितीबाट ४ लाख सहयोग

Share

सम्बाददाता, न्युज हिमालय।

गैर आबासीय नेपाली संघ युएई दुबई क्षेत्रीय समितिले अन्य केहि गैर मुनाफा मुलक सस्था सँग सहकार्य गर्दै नेपालमा गएको महा विनाशकारी भूकम्पबाट पिडित आधा दर्जन भन्दा बढी जिल्लाहरुमा राहत सामग्री वितरण गरेको छ ।

दुबई क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालको नेतृत्वमा गत महिना सुरु गरिएको सहयोग नेपाल सरकारद्वारा बढी क्षेतीग्रस्त घोषणा गरिएका जिल्ला सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, धादिंङ, गोर्खा, नुवाकोट र दोलखामा स्थलगत भ्रमणगर्दै १२ लाख बराबरको सामाग्रीहरु पीडित समक्ष वितरण गरिएको छ ।  दुबई क्षेत्रीय समितिका कोषाध्यक्ष कल्पना राईका अनुसार गैर आबासीय नेपाली संघ, दुबई क्षेत्रीय समिती र आइडी भोलेन्टियर भन्ने युकेको गैर मुनाफामुलक सस्था एबं आइडियुन भन्ने नेपाली सस्थासंग सहकार्य गरेर उक्त रकम बराबरको सामान भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।

SINDHUPALCHOK school sindhupalchoknuwakat tent

अध्यक्ष दाहालका अनुसार तिनैओटा सस्थाले सयुक्तरुपमा भूकम्प पिडितको लागी जस्ता, टेन्ट, त्रिपाल, ब्ल्यांकेट, औषधि, ड्राई फुड, तथा खाद्यान्न सामानहरु पिडितहरुको गाउ- गाउमै गएर प्रतक्ष्य हस्तान्तरण गरिएको बताएका छन् । आइडीभोलेन्टियरका लागी नेपाल स्थित प्रतिनिधि ट्री क्ल्ये र रूथ हेयसले सयुक्त रुपमा गरिएको यस अभियानमा गोर्खा, सिन्धुपाल्चोक, काभ्रेका ४ ओटा विद्यालयमा अस्थायी कक्षाकोठा बनाइएको बताएका छन ।

school sindhupalchok tukucha school mahankal school1

आइडियुन नामक गैर नाफामुलक नेपाली सस्थाको तर्फबाट गीता पौडेलले खाद्यान्न र त्रिपाल वितरण गर्ने सयुक्त अभियानमा सहयोग उपलब्ध गराउदै भूकम्प पिडित माझ पुगेर महाभूकम्प को पिडामा मलम लगाउन सफल भएको छ। अध्यक्ष दाहालले आगामी दिनमा पनि यस्ता गैर नाफामुलक सस्था संघ सामाजिक कार्यमा सहकार्य गर्दै नेपाल र नेपालीको सेवामा अग्रसर हुने बताउदै सम्पूर्ण सहयोगी हातहरुलाई विशेष धन्यबाद दिएका छन्

कोषाध्यक्ष राईका अनुसार सयुक्त अभियानमा दुबई क्षेत्रीय समितिले ४ लाख बराबरको रकम खर्च गरेको थियो ।

tripal bitaran kavre tukucha SINDHUPALCHOK3 rahat1   KAVRE1 KAVRE2 KAVRE3SINDHUPALCHOK1 Id volunters team BHAKTAPUR3rahat2Id volunters sahakarya BHAKTAPUR2

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.