एमाले नेता फारुकीसंग प्रवासी नेपाली मंच कतारले गर्यो अन्तर्क्रिया

Share
uml leader faruki in qatar 1याम वि.सी,कतार, चैत्र ७- कतार भ्रमणको शिलसिलामा केही यता नेकपा एमालेका केन्द्रिय सदस्य एवम् नेपाली मुस्लिम इतेहाद संगठन नेपालका अध्यक्ष फारुकी संग यसै साता कतारमा स्थापित संघ संस्था तथा वैचारिक सङ्गठन एमाले निकट प्रवासी नेपाली मञ्च कतार तथा प्रेस चौतारी शाखाका पदाधिकारीले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

विशेष गरेर एमाले पार्टीमा आस्थावान तथा मुस्लिम मदेशी समुदायको बाक्लो उपस्थिती रहेको उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सभापतित्व मञ्चका अभ्यक्ष रामहरी गैह्रेले गरेका थिए भने मञ्चका उपाध्यक्ष गणेश शिवाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको उदेश्य बारे बताएका थिए । नेता फारुकीले प्रवासमा रहेका नेपालीहरु राष्ट्र प्रति जति चिन्तित रहेका पाए त्यसको केही भाग मात्र दलका नेताहरु चिन्तित रहने हो भने मुलुकको अनयोलता हट्न समय लाग्ने थिएन् भन्दै वर्तमान नेपालको राजनिति तथा समसमायिक विषयवस्तु बारे आफ्ना महत्वपूर्ण भनाइहरु राखेका थिए । मुलुकमा सङक्रमणकालिता लम्बिदै गएको र दलहरु विचको फाटोले नयाँ संविधान निर्माणको कार्यमा अवरोध पुगेको बताउदै एमाओवादीको हट र दभ्य तथा ३० दलिय मोर्चाले संविधान निर्माण प्रकियामा सकरात्मक भूमिका निर्वाह गरी वार्ता र सम्वादको राजनितिलाई आत्मसाथ गर्न नसक्दा मुलुक द्धन्दमा फसाउन खोजेको बताए ।

नयाँ बन्ने संविधानमा नेकपा एमाले को स्पष्ट धारणा रहकोले सहमति वा वार्तामा नआए अब हाम्रो पार्टी धेरै कुरेर बस्न नसक्ने भन्दै प्रक्रियालाई अगाडी बढाएर पनि सुचारु दिनु पर्ने मा जोड दिए । नेता फारुकीले दलित मुस्लिम जनजाति लगायत हरेक भाषा सम्प्रदायले मान्य हुने सिमान्तकृत तथा सम्पूर्ण उत्पिडित वर्गको हितमा आफू सधै पहल गर्ने बताए । नयाँ बन्ने संविधानमा प्रवासवाट रचनात्मक सुझाव तथा दबाबको पनि उत्तिकै आवश्यकता रहेको बताउदै सल्लाह सुझावहरु दिन आग्रह गरेका थिए । मञ्चका अध्यक्ष रामहरी गैह्रेले कतारको वस्तुस्थिती बारे जानकारी गराउँदै दुतावासमा राजदुतको नियुक्ति नहुनु, कर्मचारी अभाव तथा प्रवासी नेपाली प्रतिको सरकारको सकरात्मक सोच र चिन्तनको विकाश हुन नसकेको बताए । नेकपा एमालेले पार्टी र सरकार समक्ष वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न पार्टी समक्ष आफ्नो भनाई राख्न नेता फारुकी समक्ष आग्रह गरेका थिए ।

 

uml leader faruki in qatarमञ्चका सचिवालय सदस्य नरेश श्रेष्ठले प्रवासी नेपाली मञ्चले कतारमा श्रमिकहरुको पक्षमा खेलेको भूमिका बारे अवगत गराउदै प्रवासको श्रमिकहरुको समस्या र चुनौतीका बारेमा आफ्ना धारणाहरु राखेका थिए । त्यसैगरी प्रेस चौतारी कतारका सचिव दिलकुमार श्रेष्ठ,सहसचिव याम विसी,सदस्य दिल रानाभाटले विविध विषयमा प्रश्न राखेका थिए । उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मञ्चका सल्लाहाकारहरु मोहमद सिद्धिकी,डा.अजिजुर रेहमान शेष,केवि हमाल लगायत राष्ट्रिय कमिटीका पदाधिकारी तथा एमाले शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.