कतारमा स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय पुनराबेदनले बदर

Share
२० पुस, काठमाण्डौ ।
कतारको पुनरावेदन अदालतले तल्लो अदालतको फैसलालाई सदर गर्दै  स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

मार्च ३१ तारिकमा ‘क्रिमिनल कोर्ट’ले मृत्युदण्डको फैसला गरेपछि कार्की पुरनरावेदन गएका थिए ।२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषि ठहर गरेको थियो।

नेपाली दूतावासले यसअघि नै अदालतले मत्युुदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो । कार्यबहाक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारबीच सहमति गराउन आबश्यक रहेको बताएका छन् । अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन। कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । आफुले गल्ति गरेको स्वीकार्दै  आपनो गल्तिको पश्चाताप गरेका छन, उनले मोहम्मद इर्शाद अन्सारीका परिवारको तर्फबाट माफि दिन अपिल गरेका छन।

दुुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वन हुँदैन, सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडी बढाउन दुतावासले माथिल्लो तहमा  कुरा गरिसकेको दुतावासले जनाएको छ ।’आजको कान्तिपुर दैनिकले लेखेको छ ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.