प्रवासी नेपाली सिंगीङ्ग आईडलको उद्घाटन कार्यक्रम ।

Share

DSCN0509

घनश्याम पराजुली (कृष्ण) , दोहा । प्रवासमा लोक सँस्कृतीको जर्गेना गर्ने साथै नयाँ प्रतिभाको खोजीका लागी कतारमा प्रवासी नेपाली सिंगीङ्ग आईडलको कार्यक्रम शुरु भएको छ ।

प्रवासी नेपाली सांगीतीक परिवार कतार र समाज सेवा अभियान रुपन्देहीले संयुक्त रुपमा गायन क्षेत्रका नयाँ प्रतिभाको खोजी कार्य शुरु गरेको हो । शुक्रवारका दिन कतारको सल्वा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा ५७ जना सहभागीहरुले आफ्नो नाम दर्ता गराईसकेका छन भने पहिलो अडिसन आगामी १९ डिसेम्वरमा हुनेछ । अडिसनको दिन सम्म पनी आफ्नो नाम दर्ता गराउन सकिने व्यवस्था रहेको जानकारी कार्यक्रममा दिईयो । सहभागीहरु अझै थपिने अनुमान गरिएको छ ।
सदावहार गायिकाको उपाधी पाएकी चर्चित पप गायिका नलिना चित्रकारको उपस्थितीले उद्घाटन कार्यक्रमलाई थप रौनक बनायो । ‘चाँहिदैन हिरा मोती माया भए पुग्छ’ बोलको गितबाट आफ्नो प्रस्तुती शुरु गरेकी उनले ‘तिमी हामी यसरी भेट भाको बेला ’ , ‘ मै छोरी सुन्दरी ’ , ‘ सालको पात टपरी गाँसेर ’ जस्ता गितले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन । दर्शक माझ गएर उनिहरुसँगै नृत्य प्रस्तुत गरिरहेकी गायिका चित्रकारको उपस्थितीले दर्शकहरु अती नै खुसी देखिए ।
कार्यक्रममा क्यूएन व्याण्डको पप गित ‘गौरव लाग्छ नेपाली हुनुमा’, गैर आवासिय नेपाली तारा गायक बिरेन्द्र श्रेष्ठले ‘आफु रोएर पनी ’ , चितवन आईडलका रनअरअप नवराज श्रेष्ठले ‘फुल फुलेको टिप्नलाई’ , लोकदोहोरी गायिका कविता तामाङ्ग ‘डाडै काटी जाउ बरु निरमाया सम्झनाले मुटु जलाउछ’ , सुरसंगम साधाना केन्द्रका गायक राकेश चाम्लिङ्गले ‘हेर्दैछु म धोको फेरी झरेको कहानी ’ गाएर दर्शकहरुलाई मनोरन्जन दिए । साथै कार्यक्रममा गायक छविलाल मगर , विजय शाही , प्रेम गुरुङ्ग लगायतका कलाकारहरुको वजोड प्रस्तुती रह्यो ।
एनआरएनएका सल्लाहकार तथा व्यवसायी आरके शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई संजय रजकले सभापतित्व गरेका हुन । कार्यक्रममा एनआरएनए अमेरिकाका प्रथम उपाध्यक्ष लोक तिवारी , प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष चानक पोख्रेल , नेपाली जनसम्पर्क समितीका सह– महामन्त्री मोहम्द अजीज अली , बाग्लुङ्ग सेवा समाजका अध्यक्ष रमेश भट्ट , अर्घाखाची सेवा समाजका अध्यक्ष युवराज पाण्डे व्यवसायी नरेन्द्र शेन ठकुरी , नेपाल पत्रकार महासंघ कतार शाखाका कोषध्यक्ष घनश्याम पराजुली ,नेपाली कला केन्द्रका अध्यक्ष प्रविन राई लगायत विभिन्न संघ संस्थाका प्रतिनीधी साथै कतारका स्थानिय कलाकारहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
कार्यक्रमका संयोजक शक्ति क्षेत्रीले एकल स्वर मालाको रुपमा कार्यक्रम रहने बताउदै प्रवासमा नयाँ प्रतिभाको खोजी कार्य शुरु भएको बताए । प्रमुख अतिथी शर्माले प्रवासमा विभिन्न समस्याहरु झेल्दा झेल्दै पनी आफ्नो कलाको जर्गेना गर्ने कार्य देशका लागी अतुलनिय योगदान रहेको बताए । उनले जिवन र संगितको सम्वन्ध अति गाढा रहेको भन्दै कार्यक्रम सफलताको शुभकामना सहित कतारी रियाल ५ हजार सहयोग गरेका थिए । कार्यक्रमका लागी युवा समाजसेवी ईश्वर काफ्लेले कतारी रियाल ४ हजार , राजु भट्टराईले १ हजार रियाल , दिल सुनार र उमाकान्त पोख्रेलले ५ सय रियाल सहयोग गरे । कार्यक्रमको दोश्रो पुरस्कारका लागी पर्वत युवा सेवा समाजका निर्वतमान अध्यक्ष पुर्ण बहादुर नेपाली र तेश्रो पुरस्कार पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले प्रदान गर्ने भएका छन ।
प्रतियोगिताको पहिलो विजेताले रु १ लाख , दोश्रोले रु ५० हजार र तेश्रो विजेताले २५ हजार पुरस्कार पाउनेछन । पहिलो विजेतालाई निशुल्क एल्बम रेकडिङ्गको व्यवस्था मिलाईदिने समेत कार्यक्रममा बताईयो ।
उद्घाटन समारोहको कार्यक्रममा ५७ जना प्रतियोगिहरुको नाम समेत सार्वजनिक गरिएको थियो जसमा सुर्य नेपाली , रेशम गुरुङ्ग , अर्जुन बि.सी , गिरिन्द्र नेपाली ,विजय शाही , सुवास वि.क., मधु लामा , केशव तामाङ्ग ,हरि तिवारी , अर्जुन पासवान , राम कुमार राई , सुपेन्द्र राई , कविन गुरुङ्ग , रुपेश राई , कर्ण राई , शुभराज राई , शिवशर्मा पोख्रेल , अमृत कुरुवाङ्ग , गोपाल राई , शेर ब. लिम्बु, भिम लामा , विजय भण्डारी , ललित कुमार लिम्बु , पदम गुरुङ्ग , दिल कुमार बिक , प्रकाश नेपाली , देब ब. थापा , खगेन्द्र नयोङ्गहाङ , सोम थापामगर , संजिव थापा , सन्देश खालिङ्ग , रोहन लिम्बु , पंकज भुजेल , चन्द्र ब. दर्जी , एवन राई , सुवास बि.क , केशव तामाङ्ग , सविर बस्नेत , लिला बि.क ,सुमन मगर , रविन शिवा , जिवन खड्का , दामोदर न्यौपाने , लोकनाथ शर्मा , चन्द्र ब बिक , राजकुमार बिक , सोम लिम्बु , स्मृती श्रेष्ठ , ज्योती गुरुङ्ग ,दिल राई , अर्जुन खरेल , दिपेश लिम्बु , घनश्यामबाबु गुप्ता , द्धविलाल लामा , डेनी बि.क ,जनक पौडेल , बिकास बैराली र प्रेम बहादुर गुरुङ्ग रहेका छन । निर्णायक मण्डलमा दिपक लिम्बु , देविका केसी र सन्तोष गुरुङ्गको भुमिका रहनेछ ।
गत बर्ष तमु समाज कतारको आयोजनामा यसरी नै गैर आवासिय नेपाली ताराको जन्म दिएको थियो जो अहिले प्रवासबाट उदाएका गायकको रुपमा नेपाली आकाश घन्की रहेका छन । नेपालमा जस्तै तामझामका साथ शुरु भएको यस कार्यक्रमले फेरी अर्को तारा जन्माउने निश्चित भएको छ । कतारमा काम गरेर बचेको समयलाई सदुपयोग गर्दै आफ्नो प्रतिभा देखाउने अवसरले अव फेरी एक जना प्रवासी सिंगीङ्ग आईडल को रुपमा नयाँ जन्म हुनेछ । यतिबेला प्रवासमा कलाकारहरुले आफ्ना हकहित र व्यवसायिक कलाकारीताको आवज उठाईरहेका छन जो कार्यक्रममा पनी सुनियो । आगामी जनवरी २०१५ बाट कतारका कलाकारहरुले निशुल्क रुपमा कुनै पनी संघ संस्थाहरुका कार्यक्रममा आफ्ना प्रस्तुती राख्न नहुने उद्घोष समेत गरे ।

DSCN0499

DSCN0536

DSCN0540

DSCN0551

DSCN0582

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.