स्याङ्गजा सम्पर्क मञ्चले सांगीतीक कार्यक्रम गर्ने ।

Share

घनश्याम पराजुली (कृष्ण) , दोहा । असाय र अपाङ्गहरुको सहयोगार्थ स्थापित अक्षयकोषका लागी स्याङ्गजा सम्पर्क मञ्च कतारले आगामी ९ जनवरी २०१५ शुक्रवारका दिन सल्वा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभा हलमा भव्य सांगितीक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अंगे्रजी नयाँ बर्ष २०१५ को अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रमका लागी नेपालबाट चर्चित लोकगायक पुरुषोत्तम न्यौपाने र गायिका कला पंगेनी कतार आउने मञ्चका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । उनले भने कार्यक्रम नितान्त सामाजिक कामका लागी आयोजना गरिएको हो यसबाट स्याङ्गजामा स्थापना गरिएको अक्षयकोषलाई बढाउने उद्धेश्य रहेको छ ।
नेपालबाट आउने दुई गायक सहित कतारका स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने कार्यक्रममा उपस्थित भाग्यशाली दर्शकहरुका लागी उपहारको समेत व्यवस्था गरिएको छ । स्यासस नवप्रतिभा साँस्कृतिक समुहका संयोजक गायक धुर्व बि.सी.ले कतारमा क्रियाशिल विभिन्न विद्याका कलाकारहरुलाई समेट्न छन । कलाकार संयोजनका लागी मञ्चले बिसीलाई जिम्मेवारी दिएको छ । शुक्रवारका दिन बिहान ११ बजे बाट कार्यक्रम शुरु हुनेछ ।
चर्चित गायक न्यौपानेका घाम जस्ता चम्किलो जुन हुदैन , घामले सुक्छ पानी , यो मन किन रुन्थ्यो होला र लागयत अती नै चर्चा पाउन सफल ढुङ्गे धारामा तिम्लाई नै मन पर्यो संसार सारामा जस्ता गितहरु कार्यक्रममा प्रस्तुत हुनेछन । त्यस्तै अर्की गायिका कला पंगेनीले मनको दियो बल्दैन , माया मारेर साथै दोहोरी गित गाउने छिन । कतारका चर्चित कलाकारहरुसँग दोहोरी घम्साघम्सी समेत कार्यक्रममा हुने भएको छ । कार्यक्रममा रमाईलो नृत्य समेत प्रस्तुत रहने भएको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.