समय

Share

अन्जना पौडेलanjana
एउटा स्कूलको कार्यक्रममा मलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । मलाई अन्य दुई ठाउँका कार्यक्रममा पनि निमन्त्रणा थियो । मैले पढाएकी बिधार्थीको स्कूलको कार्यक्रममा म पहिले गएँ । खै किन किन अनौठो लागि रहेछ आजको दिन केहि भेट्टाएर सन्तुष्ट भए जस्तो केहि गुमाएर आफैंलाई रित्याए जस्तो । बषौं पछिको यो आकस्मिक भेटले म आज पुराना यादहरुमा चुर्लूम्म डुवी रहेको छु ,मानौं मलाई अव ती रुमानी पलहरुबाट कसैले अलग्याउन सक्दैन ।

आसन ग्रहण गर्ने क्रममा जव उस्को नाम उचारण गरियो,मेरो मनमा हलचल पैदा भयो । उ अतिथीको रुपमा टुप्लुक्क त्यहाँ टप्किदा म झल्याँस्स भएँ । पहिले उ नैं हो कि हैन भन्ने दोधारमा परें, कतै मेरा बुढ्यौली लागेका अाँखाले धोका त दिएनन् ?साँच्चै उ नै त रैछे,उ संग अनायस एक टकले एकछिन आँखा जुधे,र केहि अप्ठ्यारो उसले मानी केही अप्ठ्यारो मलाई पनि लाग्यो । कार्यक्रम अवधिभर हाम्रो आँखा जुधाई कैयौं चोटि भयो ।


जव कार्यक्रम समाप्त भयो । मेरा पाइलाहरु उसैतिर बढेछन् ,उ मुसुक्क हाँसी । अहो त्यही मुस्कानबाट कयौं बर्ष अगाडी म उसंग एकतर्फी प्रेममा पागल भएको थिए । मेरो अन्तिम प्राप्तिको लक्ष्य उही हो झैं लाग्थ्यो । आज दिन रात गर्दै कयौं बर्षहरु फड्किइ सकेछन् । आज पनि मेरो मनमा उस्को लागि माया उती नैं छ,केवल समय घर्किइसकेको छ । उ कसैकी हजुरआमा भै सकिछ म कसैको हजुर बाबु भै सकें ।


उता जाउँन मैले भने हुन्छ भन्दै टाउकोको इसाराले उ मसंग मेरो कारमा बसी र एउटा चौरनजिक पुगेर टक्क कार रोक्न लगाएँ ,त्यहाँ सुन्तला र बदाम किनेर खाँदै कुरा गर्यौं । मेरो मनमा उ संग कैयौं बर्ष देखि उकुस्मुसिएर बसेको एउटा प्रश्न थियो,प्रश्न गर्न पुगे किन मेरो बिहेको प्रश्ताव अश्विकार गर्यौ ? उस्ले निन्याउरो मुख लगाएर भनी–तिम्रो र मेरो जात नमिलेकोले अनि घर परिवारको डरले नी अहिले आएर किन सोध्यौ ,त्यस बेला मलाई भेट्ने कोसिस गर्यौ? म त नारी मैले के नै. गर्न सक्थे र तिम्ी त पुरुष केहि गर्न त सक्थ्यौ नी त्यो बेलाको समाज अनि आफ्नैं सहपाठी साथीहरु सबैको साथ चिएन मलाई ।उस्ले कति सहजै यो उत्तर दिई मानौं हाम्रो दोहोरो माया बसेकै थिएन । कलेजमा पढ्दाका ती दिनमा म संग हरपल तर्की तर्की हिड्नु भन्दा मलाई त्यो कुरा भनिदिएकी भए आज यो बुढेसकाल सम्म मलाई माया भन्ने बस्तुमा यती बितृष्णा पैदा हुने थिएन । यो एक बारको जुनीमा पनि माया माथीको बिश्वास यसरी उठ्ने थिएन । आखिर यो भाग्यकै खेल रहेछ भन्दै चित्त बुझाउँदै उस्लाई उस्को घर अगाडि छोडिदिएर अर्को कार्यक्रम तर्फ मोडिए,ड्राइभर आज मलाई अनौठो पाराले हेर्दै थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.