अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त।

Share

अमेरिका सेप्टेम्वर,१०

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन ।

राष्ट्रपति ट्रम्पले वोल्टनको राजिनामालाई ट्विट मार्फत पुष्टि गर्दे सल्लाहकारको रुपमा उनले दिएका अधिकांस सुझावप्रति आफ्नो कडा असहमति रहेको बताएका छन् ।

राष्ट्रपतिले राष्ट्रीय सुरक्षा सल्लाहकार वोल्टनलाई सोमवार नै राजिनामा गर्न आदेश दिएका थिए । वोल्टनले मंगलवार विहान मात्रै ह्वाइट हाउसमा राजिनामा वुझाएका हुन्छ ।

वोल्टनले आफूले पनि सोमवार नै राजिनामा वुझाउन तयारी गरेको तर राष्ट्रपति बाट कुनै प्रतिक्रिया नआए पछि मंगलवार राजिनामा दिएको एनबीसीसँगको कुराकानीमा बताएका छन् ।

राष्ट्रपति र वोल्टनबीच केही महिना यता देखि नै विभिन्न विषयमा असहमती हुदै आएपनि पछिल्लो पटक तालिवान सँगको बार्ता प्रकरणले दुरी झनै बढाएको थियो । यसै विषयलाई लिएर सोमवार मात्र आपसमा चर्को बादबिवाद भएको समाचारहरूमा जनाईएको छ ।

राष्ट्रपतिले सेप्टेम्वर ११ को संघारमा क्याम्प डेवीडमा हुने भनिएको तालिवानसँगको वार्ता प्रति वाल्टनले कडा आपत्ति जनाएका थिए ।

ट्रम्पको चार वर्षिय राष्ट्रपति कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकावाट राजिनामा वुझाउने वोल्टन तेस्रो व्यक्ति हुन । यस अघि माइन फेलेन र भुतपुर्व अमेरिकी सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल एमसि मास्टरले पनि राष्ट्रपतिसँगको मतभेद कै कारण राजिनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.