स्मरण बचत तथा ऋण सहकारी सस्थाको एघारौं साधारण सभा मार्फत त्रिपाठी अध्यक्षमा निर्वाचित ।

Share

उत्तम बिक काठमाडौ,

गत भाद्र १४ गत्ते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा स्मरण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको एघारौं साधारण सभा सम्पन्न भएको छ ।
सस्थाको अध्यक्ष सुक प्रसाद चौलगाईको सभापतित्व र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका संचालक सदस्य दिपक पनेरुको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको थियो ।
सस्थाको प्रबन्धक निर्मल प्रसाद हुमगाईद्धारा सन्चालित कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुका साथै पुर्ब सभासद तथा कोशीपुर्ब सहकारी संघको अध्यक्ष रेनुका चौलागाई लगायत अतिथी रहेका थिए ।
निकै भब्य रुपमा सम्पन्न उक्त साधारण सभा मार्फत आगमी कार्यकालको लागि ठाकुर प्रसाद त्रिपाठी अध्यक्ष रहने गरि ९ सदस्यीय संचालक समिती समेत चयन गरेको छ । जस्को उपाध्यक्षमा कुमार घिमिरे सचिब लिलानाथ गौतम कोषाध्यक्ष शंकर ढकाल महिला सदस्य साबित्री कुमारी मैनाली सदस्यहरु पोस्ट प्रसाद हुमगाई, हरी भक्त श्रेष्ठ,रुक्मिनी रेग्मी र उमा घिमिरी सर्बसम्मत चयन भएका थिए । किरन भट्टराई संयोजक रहने गरि गोकुल प्रसाद गौतम र राजकुमार गौतम सदस्य रहेको तीन सदस्यीय लेखा समिती समेत चयन गरिएको थियो ।
सस्थाका उत्कृष्ट ब्यक्तीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको कार्यक्रममा गोलाप्रथा मार्फत भाग्यशाली बिजेता जेनिसा चौलागाईलाई पुरस्कार दिइएको थियो भने कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
सस्थाका सचिब लिलानाथ गौतमद्धारा बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष शंकर प्रसाद ढकालद्धारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ठाकुर प्रसाद त्रिपाठीले अनुसाशन, ईमान्दारीता, लगनशिलता भएमात्र मानिस हरेक पक्षमा सफल हुने बताए ।

प्रथम चरणको औपचारिक कार्यक्रम समाप्ती संगै नेपाली हिन्दु महिलाहरुको महान पर्ब तीजको बिशेष अवसरमा दरखाने कार्यक्रम संगै बिबिध सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.