नाचगान सहित परासी सेवा समाजको तेस्रो बार्षिक उत्सब सम्पन्न ।

Share

मोहन बस्याल दुबई, ।
परासी सेवा समाज युएईले आफ्नो तेस्रो बार्सिक उत्सब शुक्रबार बरदुबईमा सम्पन्न गरेको छ ।

परासी सेवा समाजका अध्यक्ष मित्रलाल पाण्डेको अध्यक्षता तथा नेपाली समाज युएइका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्व सहयोग संगठन युएईका अध्यक्ष गोबिन्द ढकाल, नेपाली सहयोगी हातहरु युएईका अध्यक्ष राजु भुर्तेल, सल्लाहकार मोहन बस्याल, समाजका उपाध्यक्ष सिता बराल लगायतले आफ्ना शुभकामना मन्तब्य राख्नु भएको थियो ।
परासी सेवा समाजका महासचिव कृष्ण बास्तोलाले संचालन गर्नु भएको कार्यक्रमा समाजकी केन्द्रिय सदस्य मुना सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा समाजका महासचिव कृष्ण बास्तोलाले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष नेत्र ज्ञवालीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बार्षिकोत्बसका अवसरमा हरि डुम्रेको संयोजकत्वमा बृहत सांस्कृति कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान युएई र नेपाली कलाकार समूह युएईका कलाकारहरु हरि डुम्रे, गोपाल न्यौपाने, विक्रम पौडेल, नरेन सापकोटा, शिब सापकोटा, मीन गुरुङ, एल पि ढकाल, नबिन अर्याल, केशब तिवारी लगायत ले आफ्ना नृृत्य गित तथा प्रहसन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका लागि सहयोग गर्ने फिष्टेल ट्राभल, सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट, देउराली रोष्टरी मिठाई पसलका प्रतिनिधिलाई कार्यक्रममा सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.