सुनका पारखी लाई आकर्षण गर्ने गोल्डेन राइज ज्वेलर्स

Share

ऋषि बस्याल

साउन ३१ ,काठमाडौँ

 

श्रम तथा पुँजी उपार्जन आज राज्यको आवश्यक्ता भैसकेको छ । जसको लागि कठिन सङ्घर्ष सहित लगनशील हुनुपर्ने यथार्थ बुझिसकेका अमृत जब नुवाकोटबाट पिप्लस कलेजमा स्नातक तह अध्ययन गर्न पसे , त्यस बेला सुनका गहनामा कला कोर्ने बानी बस्यो । यही कलालाई पेशाको रूपमा पछयाँउंदै अमृतले सुनका गहनामा यो कला देखाउँदै, बालाजुको माछा पोखरी स्थित गोल्डन राईज ज्वेलर्स नामक शो रुम सञ्चालन गर्न  सफल भएका हुन । त्यसो त नेपाली हाते कला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्याधिक मन पराइने बस्तु मध्ये पर्न सफल हुँदै गएको छ । तर नेपालले बहुमूल्य वस्तु निर्यातमा प्रस्ट नीति लिन नसकेपछि हस्तकला अन्तर्गत नेपाली कला झल्किने गर-गहना निर्यात हुनबाट वञ्चित हुन पुगेको छ । अन्तर्रा्ष्ट्रिय वाणिज्यमा उच्च घाटा ब्यहोर्न बाध्य नेपालले गहना निर्यातलाई प्रोत्साहन गर्न सके विदेशी मुन्द्रा  आम्दानीको प्रमुख स्रोत बन्न सक्छ । उनका अनुसार त्रिभुवन विमान स्थलमाका कर्मचारीबाट गहना निर्यातलाई हतोत्साहित गरिन्छ  भने यस प्रकारका गहना निर्यातमा आवश्यक कागजात भए पनि त्रि.बि. विमान स्थल भन्सार प्रशासनबाट गहना जफत गरी निर्यातकर्तालाई कार्बाहीको दायरामा ल्याइने गरिन्छ । यसकारणले समेत सुनका गहना निर्यातले प्रशय पाउन सकेको छैन ।

अमृतले सुनमा कोर्ने कलालाई अन्य थप दश व्यक्तिलाई सिकाई रोजगार उपलब्ध  गर्न समेत सफल भएका छन् । उनको समूहले सुनमा आकर्षक नेपाली कला प्रस्तुत गर्न सफल हुँदै गएको छ । भने विगत १५ वर्ष देखि अमृतले अपनाएको यही पेसाका कारण अन्य युवा सरह विदेश पलायन हुन परको छैन । अर्को तर्फ गहना पारखीहरू हिजो विदेशी डिजाइनका गहनामा आकर्षित भएका थिए । विदेशी डिजाइनका गहना उत्पादनमा २२ क्यारेट सुन प्रयोगमा आउने गर्दछ , जसलाई बेच्दा पुरा मूल्य पाईदैन । अमृतका अनुसार नेपाली तथा विदेशी ग्राहक नेपाली कला देखिने गहना तर्फ आकर्षित हुँदै जानुको प्रमुख कारण मध्ये शुद्ध २४ क्यारेट सुनको प्रयोग, उत्कृष्ट डिजाइन र बेच्दा पुरा मूल्य पाइन्छ ।

नेपाली कला देखिने गहनाको माग महँगो भए पनि उच्च हुँदै गएको छ । सुनमा नेपाली कला कोर्ने बानीले अमृतलाई सृजनाशील सफल युवा व्यवसायी मात्र होइन करदाता भई राज्यको पुजी उर्पाजनमा सहयोगी बनाएको छ । उनका अनुसार नेपाल भर सुनका गहना बनाउने कालिगडको संख्या करिब ४० हजार पुगी सकेको छ । उनीहरूका दक्षता स्तरकरणमा लागि राज्यबाट तालीम सञ्चालन आवश्यक रहेपनि यस प्रकारका कुनै पनि कार्यक्रम आउन सकेको छैन । त्यसैले अमृत भन्ने गर्दछन् , सुनमा नेपाली कला देखाउने युवा शक्तिको खाँचो छ, यसबाट युवालाई विदेश पलायन हुनबाट जोगाउन समेत जोगाउने उपाय बन्न सक्छ ।

 

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.