दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री, डाेलेलाई सोलार

Share

हिमालय अनलाईन

गरामनी- अन्तर्राष्ट्रिय युवा दिवस तथा इदको अवसरमा दुर्गा मावि बिर्तामोड-९ गरामुनिका दृष्टिबिहीन विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।

उक्त एरियामा क्रियाशिल विविन्न बाल क्लबहरुको संयुक्त पहलमा दृष्टिविहीन विध्यार्थीहरुलाई कापीकलम, अभ्यास पुस्तिकाका साथै फलफूल वितरण गरिएको सोही एरियाका सामाजिक अभियन्ता माइनसप्लस संग्रौलाले जानकारी दिएका छन् ।
यो अभियानमा दुर्गा बाल क्लब, सिर्जनशील बाल क्लब, उज्यालो मनकामना बाल क्लब, उज्यालो दुर्गा बाल क्लबले साउन २७ गते सोमबार एक कार्यक्रम गरी उक्त सामग्री वितरण गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि
विर्तामोड नगरपालिकाका उपप्रमुख पबित्र महतारा प्रसाई रहेकी थिइन् भने विशेष अतिथिमा बिनपा-९ की वडाध्यक्ष पवित्रा पाठक उपस्थित भएकी थिइन् । त्यसैगरी अतिथिहरुमा
राजेन्द्र लिङ्गदेन, प्रअ कृष्णप्रसाद पाठक, देवराज कार्की, प्रकाश संग्रौला,मनिष न्याउपाने,
प्रदीप कुमार संग्रौला, रोहित ओली, अविरल कृष्ण खरेल, लिलाप्रसाद चौधरी, उमानाथ भन्डारी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।
शैक्षिक सामग्री वितरण कार्यलाई सफल बनाएकोमा सम्पुर्ण अतिथिहरु लगायत विभिन्न बाल क्लबका सदस्यहरुलाई दुर्गा बाल क्लबका अध्यक्ष प्रकाश संग्रौलाले आभार व्यक्त गरेका थिए ।

डाेले आवासमा सोलार
विर्तामोड-९ गरामनी क्षेत्रमा अशक्त भएर बसेको डाेले राजवंशीको घरमा विर्तामोड नगरपालिकाले सोलार जडान गरिदिएको छ ।
शारीरिक रुपमा विकलांग डाेलेकी आमा पनि बनिबुतो गर्न नसके पछि उक्त परिवार पानी चुहिने छाप्रोमा बस्न विवश थियो । आमाछोराको बिजोग देख्न नसकी स्थानीय युवाहरुको समुहले चन्दा संकलन गरेर गत चैतमा २ कोठाको पक्की घर बनाइदिएका थिए ।
घर निर्माणमा पनि २० हजार रुपैयाँ सहयोग गरेको विर्तामोड नगरपालिकाले यसपालि सोलार बत्ती जडान गरिदिएको विर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाइले जानकारी दिइन् । नगरपालिकाको सहयोगले डाेले आवास झलमल्ल भएको डाेले आवास निर्माण समितिका अध्यक्ष प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.