ऋतु कडेलको तिज गित “रे पटम भरर” सर्बत्र बजारमा (भिडियो सहित)

Share

उत्तम बिक,

काठमाडौं, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायिका ऋतु कडेलको तिज गित “रे पटम भरर” बजारमा आएको छ ।
स्वरको धनि गायिका ऋतु कडेलको स्वरमा सजिएको तिज गितमा गितकार लोकराल अधिकारीको लय तथा शब्द रहेको छ । श्रृष्टि खडकाद्धार अभिनित उक्त तिज गितको सम्पादन बिष्णु शर्माले गरेका छन भने राजेश घिमिरेले छयांकनको पाटो सम्हालेका छन ।
साई भिजन प्रा.लि को दृष्य निर्माण, प्रकाश भट्टको कोरियोग्राफर तथा निर्देशन र अमर सुनारको सहनिर्दैशनमा उक्त तिज गित निर्माण गरिएको हो । सुर संगित स्टुडियोमा रेकर्ड गरिएको म्युजिक भिडियोमा संगित संयोजन गोबिन्द मधुर आचार्यको रहेको गायिका ऋतु कडेलले बताईन ।
२०७६ सालको तिजको कोशेलीको रुपमा बजारमा ल्याईएको तिज गितको हेयर तथा ग्रुप लिडर पुष्पा बर्मा र अडियो मिक्सीड. सन्तोष पौडेलको रहेको छ । चर्चित गायिका कडेलको स्वरमा सुसज्जित उक्त म्युजिक भिडियो हेरेर सहयोग गरिदिन दर्शक श्रोताहरुलाई आग्रह सहित हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।

बाकि भिडियोबाट…….

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.