निर्मल नारायणको अध्यक्षतामा तदर्थ समिती गठन – रिटर्नी माइग्रेन्ट धादिङ

Share
हिमालय सम्बादाता
जेष्ठ ३२ ,मलेखु ,धादिंग
निर्मल नारायणको अध्यक्षतामा तदर्थ समिती गठन गरि रिटर्नी माइग्रेन्टको धादिङ जिल्ला भेला सम्पन्न । रिटर्नी माइग्रेन्ट नेपालको जिल्ला भेला सम्पन्न भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएर काम गरि फर्केका नेपालीहरुलाई स्वदेशमा स्थापित गराउन पहल गर्ने र ब्यावसायिक बनाउने उदेश्यले २०७५सालमा स्थापना भएको संस्था रिटर्नी माइग्रेन्ट नेपाल ले देशभर संजाल बनाउदै जाने क्रममा धादिङको मलेखु स्थित भद्रकाली मन्दिरको सभाहलमा भेला गरेको थियो ।
रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय उपाध्यक्ष ऋषि बस्यालको प्रमुख आथित्य, केन्द्रिय सचिब कृष्ण कुमार न्यौपाने, कोषाध्यक्ष अजिता ठकुरी, केन्द्रीय सदस्य रबिन ठकुरिको आथित्यमा संचालन भएको कार्यक्रमको सभापतित्व नारायण प्रसाद थपलियाले गर्नु भएको थियो । धादिङ जिल्ला भरिबाट उपस्थित हुनुभएका सहभागीहरुबाट निर्धारित समयमा अधिबेशन गराउने गरि नारायण प्रसाद थपलियाको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती गठन भएको छ ।
उक्त कार्यक्रम मा संस्थाका उपाध्यक्ष ऋषि बस्यालले बिदेशबाट फर्केका नेपालीलाई सरकार ले ऋणको लागि  प्रक्रिया पुर्याउने र बैंकले ऋण दिन तयार हुदा समेत ऋण नपाउनु भनेको हामीले निवेदन गर्न नजानेको हुन सक्ने हुदा संस्थामा आबद्ध भएर तालिम लिएर ऋण  लिनको लागि तयार रहन आग्रह गर्नु भयो । त्यसै गरि केन्द्रिय सचिब कृष्ण कुमार न्यौपानेले सामुहिक आवाज सरकार वा बैंकले सुन्ने र एकल आवाज पन्छ्याउने गरेको हुदा एकताबद्द भएर लाग्न प्रदेश बाट फर्केका सहभागीलाई बताउनु भयो । सहभागीले सरकारले दिने भनेको सहुलियत दरमा ऋण र प्रक्रिया बारे चासो देखाउनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.