नवलपुर का रिटर्नी ले पाए वित्तीय साक्षरता

Share

ऋषि बस्याल

जेष्ठ २५ ,कावासोती

 

वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवाहरुलाई लक्षित गरि नवलपुरको कावासोतीमा शनिबार वित्तिय साक्षरता तालिम संचालन गरिएको छ ।

गत पुस मसान्त सम्म  बोर्डमा सूचीकृत भएका नवलपुरका एक सय २१ जना युवाहरुलाई तालिम प्रदान गरिएको हो । वैदेशिक रोजगार बोर्डको आयोजना र रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरको सहकार्यमा तालिम संचालन भएको हो ।

तालिममा कृषि विकास बैङ्क भैरहवाका निर्देशक सुदिप दाहाल र राष्ट्रिय वाणिज्य बैङ्क भरतपुरका कर्जा अधिकृत मुकेश खड्काले सहजीकरण गर्दै सहूलियत कर्जा प्राप्त गर्न आवश्क पर्ने कागजातहरु के–के हुन ?, कहाँ–कहाँ जानुपर्छ ?, प्रकृया कसरी पुरा गर्ने ? कस्ता क्षेत्रमा ऋण पाईन्छ ?, रकम पाएपछि कसरी सदुपयोग गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोर्डको सचिवालयका उपसचिव ऋषीराम भुषालले वैदेशिक राजगार बोर्डमा १८ हजार सात सय ६७ जना सूचीकृत भएको जानकारी दिदै उनीहरु सबैलाई क्रमशः सहूलियत कर्जा लिने प्रकृया र सदुपयोगका बारेमा वित्तिय तालिम संचालन गरिने समेत बताए ।वित्तिय साक्षरता तालिम अहिलेसम्म राजधानीमा १२ वटा कक्षा संचालन भएको छ । यस तालिम सोमबार बुटवलमा संचालन गरिने छ । अन्य जिल्लाहरुमा पनि आगामि वर्षहरुमा वित्तिय साक्षरता तालिम संचालन गरिने भुषालले बताए ।

उपसचिव भुषालले वैदेशिक रोजगारी क्षेत्रमा बोर्डले गर्ने कामहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहजीकरण गर्दै भुषालले बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि विभिन्न किसीमका समस्या आउदा राहत कल्याणको काम गर्दै आएको जानकारी दिए । श्रम स्विकृती लिएर वैदेशिक रोजगारका क्रममा कामको शिलशिलामा, कुनै रोग लागेमा, चोटपटक लागेर अंगभङ्ग भएमा अवस्था हेरेर क्षतीपूर्ती दिईने र मृत्यु भएमा कम्तीमा सात लाख रुपैयाँसम्म क्षतीपुर्ती दिदै आएकोे जानकारी दिए ।

यसैगरि वैदेशिक रोजगारीमा गएकाहरु अलपत्र परेमा उद्धार गर्ने, शिपमूलक तालिम दिनेलगायतका काम गर्दै आएको बताए ।यस कार्यक्रम   मा  रिटर्नी माईग्रेन्ट नेपाल का केन्द्रिय महासचिव  लक्ष्मीप्रसाद आचार्य तथा गण्डकी प्रदेश का अद्क्ष्य नेत्र नारायण थनेत साथै १५० जति  रिटर्नी माईग्रेन्ट नेपाल का सदस्यहरु को उपस्थित थियो |

नवलपुरमा युवाहरुलाई वित्तिय साक्षरता तालिम

 

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.