ठोस निर्णय बिना आशा लाग्दो योजनाहरु सफल हुन सक्दैन ।

Share

उत्तम बिक,

नेपाल कृषि प्रधान देश हो । यहाँका पचास प्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशामा आबद्ध छन् । पराम्परागत कृषि पेशाबाट पर्याप्त आम्दानी नहुने र धेरै मेहनत गर्दा पनि पारिवारिक समस्या समधान गर्न नसक्ने हुँदा थुप्रै नेपाली दाजुभाई दिदिबहिनीहरु यतिबेला बैदेशिक रोजगारीमा जान बाध्य भएका छन । गाँउ घरमा सामान्य कृषि पेशा गरेर जिबिकोपार्जन गर्ने धेरैले अहिले गाँउघर छोडेर शहर बजार तिर काम गर्न थालेका छन । देशमा बेलाबेलामा धेरै उथलपुथल र परिबर्तन भएता पनि जनताको हितमा खासै परिबर्तन नहुदा जनता निरास छन् । जनताले आफ्नो अमुल्य मत दिएर जिताएका जननिर्वाचीत प्रतीनिधीहरुले पनि जनताले सोचे झै काम गर्न सकेका छैनन । जनताको समस्याहरु जहाँको त्यही रहेको छ । देशमा परिबर्तन र समृद्धिको कुरा भएको बर्षाै बितिसक्दा पनि जनताको घर दैलोमा खासै परिवर्तन भएको देखिदैन ।

सबैलाई अफ्नै ब्यस्तताले घेरेको देखिन्छ । मानिसहरु सुखी र सम्पन्न बन्ने होडमा दिन प्रतिदिन भौतारी रहेका छन तर बैकल्पिक योजनाहरुको खोजिमा कसैको ध्यान जान सकेको देखिन्न ।
यतिबेला गाँउ बस्तीमा बृद्ध बृद्धा र बच्चा बच्ची बाहेक अरु मानिसहरु भेट्न गाह्रो भएको छ । गाँउघरमा कोही बिरामी पर्दा बिरामीलाई अस्पताल सम्म लैजाने मानिस पाईदैन । खेतबारी बाझो बन्दै गईरहेको छ । उब्जनी योग्य जमिनहरु रुखो जमिन बनिरहेका छन । गाई बस्तुहरु पाल्ने मानिसहरु नहुँदा खेतबारीमा हाल्ने मलको अभाव भैरहेको छ भने गाई भैंसीको मलको अभावमा बिषादी युक्त मलहरुको प्रयोग भैरहेका छन । जस्ले मानिसको जिबनशैलिमा नराम्रो असर पारिरहेको छ । मानिसको दैनिक जिवनशैलिमा सुधार ल्याउन तिर कसैको ध्यान जान सकेको छैन । सबैलाई अफ्नै ब्यस्तताले घेरेको देखिन्छ । मानिसहरु सुखी र सम्पन्न बन्ने होडमा दिन प्रतिदिन भौतारी रहेका छन तर बैकल्पिक योजनाहरुको खोजिमा कसैको ध्यान जान सकेको देखिन्न ।
नेपाल सरकारले ठुलाठुला योजनाहरु बनाउछ । योजना सफल नहुदा जनता निराश बन्छन तर देश र जनता सुहाउदो योजना कसरी ल्याउने त्यतातिर नेपाल सरकार र सम्बन्धित निकायले खासै ध्यान दिन नसकेको होकि भन्ने देखिन्छ । नयाँ नयाँ योजना ल्याउनु पुर्ब कुनै तयारी भएको देखिदैन । कृषकले जमिन बाँजो राखे कारबाही गर्ने योजना ल्याउने सरकार र सम्बन्धित निकायले कृषकले उत्पादन गरेको सामनको मुल्य निर्धारण र बजारको ब्यबस्थापन गर्न पर्छ कि पर्दैन ? खै त्यतातिर ध्यान गएको ?

“एकातर्फ सरकारले बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सहुलियत ऋण दिएर स्वरोजगार बनाउने कुरा गर्ने अर्कोतर्फ मेनपावर कम्पनीले बैदेशिक रोजगारको लागी सुवर्ण अवसर भन्दै बिज्ञापन गर्ने हो भने सरकारको योजना सफल हुन सक्दैन ।”

मजदुरले काम गरेपछि उस्को मजदुरीको मुल्याकंन हुन जरुरी छ । नत्र नयाँ योजना ल्याउदैमा परिबर्तन हुन सक्दैन । सरकार र सम्बन्धित निकायले नयाँ योजना ल्याउनु गलत हैन तर त्यस्तो योजनाले देश र जनतामा कस्तो खालको प्रभाब पार्छ त्यता सोच्न आवश्यक छ । देशमा ठुुलाठुला परिवर्तन संगै बिकासका योजनाहरु ल्याईएको छ तर त्यो योजनाहरु पुरा गर्ने जनशक्ति देशमा छैन् । रोजीरोटीको लागी बिदेशिएका दक्ष जनशक्तीलाई स्वदेश फर्किएर स्वदेशमै काम गर्न सक्ने वातावरण निर्माण गर्ने हो भने मात्रै नेपाल सरकारको बाँकी योजनाहरु पुरा हुन सक्छ । एकातर्फ सरकारले बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सहुलियत ऋण दिएर स्वरोजगार बनाउने कुरा गर्ने अर्कोतर्फ मेनपावर कम्पनीले बैदेशिक रोजगारको लागी सुवर्ण अवसर भन्दै बिज्ञापन गर्ने हो भने सरकारको योजना सफल हुन सक्दैन ।
सरकारले बैदेशीक रोजगारमा यस्तो ब्यक्तीलाई मात्र पठाउनु पर्छ जस्ले बिदेशबाट फर्किदा उस्ले सिकेको सिप संगै दुईचार जना कामदारहरुलाई रोजगार दिन सकोस । सरकारले पनि बिकल्प सहितको योजना ल्याएर देश र जनताको हितमा काम गर्ने वातबरण ल्याउन सके साधारण कामको लागी नेपालीहरु बिदेश जान पर्ने थिएन । यसरी झट्ट हेर्दा सरकारले ल्याएको बिभिन्न योजनाहरु आशा लाग्दा छन तर ती योजनाहरु पुरा हुन सक्छ कि सक्दैन योजनाकार नै अनबिज्ञ जस्तो देखिनु आम जनताको लागी दुखद कुरा हो भन्दा गलत नहोला । त्यसैले बोलीमा परिबर्तन र समृद्धिको नारा लगाएर हैन ब्यबहारमा परिबर्तन र समबृद्धि ल्याउन सबैले एक ढिक्का भएर लागी परौं । अन्तमा तन्त्र परिबर्तन हैन बिकासमा परिबर्तन हुनुपर्छ अनि मात्र आम जनताले चाहे झैं परिबर्तनको महशुस गर्ने छन ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.