नेपाल को लोकतान्त्रिक सामन्तवाद

Share

 लोकतान्त्रिक सामन्तवाद

-सुदर्शन अर्याल ‘सितल’

लेखक , लोकतान्त्रिक सामन्तवाद

१. यतिबेला के गर्दै हुनुहुन्छ ?

~ यतिबेला म  केही समय अगाडि बजारमा आएको मेरो कृति ‘लोकतान्त्रिक सामन्तवाद’ को विक्री वितरणको व्यवस्थापकीय कार्य गरिरहेको छु । यसका साथै यस पुस्तकको दोस्रो संस्करण तयार गर्दै छु ।

 

२. तपाईको कृति ‘ लोकतात्रिक सामन्तवाद’ प्रति पाठकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

~ मेरो यस ‘ लोकतान्त्रिक सामन्तवाद’ कृतिप्रति पाठकको  प्रतिक्रिया एकदमै सकारात्मक छ । यो पुस्तकभित्रका शव्दहरु जे जस्ता भएपनि यो पुस्तकको नाम ‘लोकतान्त्रिक सामन्तवाद’ हुनुले चाहिँ यसमा पाठकमा नयाँ कौतुहलता सृजना भएको पाइरहेको छु ।

३. यो पुस्तक लेख्न तपाईलाई के ले प्रेरित ग-यो ?

-~२०४६ देखि २०७६ सालसम्म लोकतान्त्रिक या प्रजातान्त्रिक अभ्यासले मुलुक र जनताका लागि जुन गर्नु पर्ने जनहीतको काम थियो , सो नभएर उही पुरानै पञ्चायती सामन्ती शैली कै शासनको रवैयाको व्यवहारिक पक्षले नै मलाई यो पुस्तक लेख्न प्रेरित ग-यो ।

४. यो पुस्तकमा तपाईले केलाई  फोकस गर्न खोज्नु भएको छ ?

~ यो पुस्तकमा विशेष गरी २०४६ देखि २०७६ सम्मको देशको जुन शासन व्यवस्था छ , जसले हिजोका सामन्तहरुले जनतालाई शोषण , दमन र अधिकार विहीन तथा आफ्ना सेवा , सुविधा , रवाफ र सुखलाई ठूलो मानेका दिए , आज यो लोकतान्त्रिक शासन व्यवस्थाको अवधिमा पनि रुपमा फरक जस्तो देखिए पनि सारमा त्यही नै छ । त्यसैले यो पुस्तकको नाम र यस भित्रका बस्तुहरु यस्ता विकृतिहरु हटाउनको लागि बढी प्रेरित हुने खालको विषयबस्तु पस्किने जमर्को गरेको छु ।

५. यो पुस्तक पाठकसम्म समक्ष पु-याउने कार्य कसरी भइरहेको छ ?

~ यो पुस्तक पाठकको हातमा पु-याउनको लागि त्यस्तो योजनाबद्ध तरिका त अपनाइएको छैन तर आफन्त तथा साथीहरु र पुस्तक पसल मार्फत पाठकसमक्ष यो पुस्तक पु-याउने कार्य भइरहेको छ ।

६. तपाईको यो पुस्तकको विक्री वितरण चाहिँ कस्तो छ नि ?

~ यसको विक्री वितरण एकदमै सन्तोषजनक छ । प्रकाशन भएका पुस्तकहरुको विक्री भइसक्न लागेको छ ।

७. तपाईले यो पुस्तकको नाम किन लोकतान्त्रिक सामन्तवाद नै राख्नुभयो नि ?

~ हिजो पञ्चायतलाई सामन्तवादी सत्ता भनिन्थ्यो । त्योभन्दा अघिकोलाई पनि त्यही भनिन्थ्यो ।  अझ पञ्चायतमा त निर्वाचन नै हुन्थ्यो । जनताका प्रतिनिधि हुन्थे । निर्वाचन मात्रै लोकतन्त्र हुने भए पञ्चायतमा लोकतन्त्र हुनुपर्ने थियो , किन सामन्ती शासन भयो ? उनीहरूले आफ्नो सेवा , सुविधा र मोजमस्तीलाई जनताको सेवा र सुविधा भनिरहेका थिए । त्यसैले त्यो सामन्ती खाले थियो । आज लोकतन्त्र प्राप्त भएको ३० वर्षमा त्योभन्दा के फरक भयो त ? जनताको मतले चुनाव जितेर तलव खाने , सुविधा लिने र भोगविलासिता मात्र अपनाउने काम गरियो । पञ्चायतले जस्तै जनता विर्सने काम भयो । तसर्थ यो रुप फेरिएको तर सार उही पञ्चायतभन्दा केही फरक नभएको लोकतन्त्रको आवरणमा मञ्चित सामन्ती शैली भएकोले यो पुस्तकको नाम ‘लोकतान्त्रिक सामन्तवाद’ राख्न पुगेँ । यो व्यवहारिक प्रवृत्तिले पुष्टि गरेको गरेको तथ्य हो ।

८. यो नामको पुस्तक अरुले पनि लेखेको पाउनु भयो कि ?

~  मेरो यो पुस्तक बाहेक मैले यसबेलासम्म यो नामको पुस्तक अरु कसैले पनि लेखेको पाएको छैन । मलाई जहाँसम्म लाग्छ कि – नेपालको मात्रै नभई विश्वकै लागि मेरो यो नामको पहिलो पुस्तक हो  । यो पुस्तक भविष्यमा गएर विश्वको नमुना दस्तावेज बन्न सक्छ भन्ने मैले आशा गरेको छु ।

९. अन्तमा केही भन्नु छ कि ?

~ मेरो पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’ आदरणीय पाठकहरुले एक पटक पढी यसलाई देशको अहिलेको शासन शैलीसँग तुलना गरेर यो पुस्तक र शासन शैली बीचको फरक छुट्ट्याई दिनु हुन अनुरोध छ ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.