जनज्ञानमा तेस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल सम्पन्न।

Share

काठमाडौँ, जेठ १७।

संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोट मा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो ।

खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न पाउँदा आपूmलाई निकै खुशी लागेको बताउँदै तपाईंहरू को साथमा त्यही खुशी बाँड्न आफु पनि खेल खेल्न समावेश भएको बताउनुभयो ।

विशिष्ट अतिथि साहित्यकार रामबाबु सुवेदीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि कला, साहित्य, संस्कृति र खेलकुद लाई सँगै लिएर हिड्नुपर्ने बताउँदै त्यसको लागि विद्यालयहरूको झन् ठूलो भूमिका हुने कुरा बताउनुभयो । साखेस नेपालका अध्यक्ष, डा.शैलेन्दुप्रकाश नेपालले ‘साहित्य र खेलकुदको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले बालबालिकामा पु¥याउने फाइदाका बारेमा बताउनुभएको थियो। कार्यक्रमका संयोजक तथा संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डेले यसरी विभिन्न ठाउँमा सञ्चालन गरिने खेलकुदले साहित्यकारहरूलाई गतिशील बनाउँदै साहित्यिक उर्जा थपिने धारणा राख्नुभएको थियो ।

त्यस अवसरमा साहित्य र साहित्यकारहरूलाई अति मन पराउनु हुने शिक्षा र समाज सेवाका अथक साधक जनज्ञान मा.वि.का निवर्तमान प्रधान अध्यापक ताराप्रसाद पाठकलाई उहाँको योगदानको उच्च कदर गर्दै संसाक मासिक र साहित्यकार खेलकुद समाजको तर्फबाट सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रम शिवपुरी गाउँपालिका ११ नं. का वडाका वडा अध्यक्ष पदम थपलियाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा हालै सेवा निवृत्त हुनु भएका प्र.अ ताराप्रसाद पाठक र वर्तमान प्र.अ. महेशप्रसाद सिलवालले पनि साहित्य र खेलकुदको सम्बन्धका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।

उद्घाटन कार्यक्रमपछि आयोजित मैत्रीपूर्ण खेलमा साखेस नेपाल का अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालको नेतृत्वको टोलीमा उमेश पाण्डे, बलराम दाहाल, दुर्गाप्रसाद अधिकारी, प्रह्लाद लामिछाने, कृष्णप्रसाद अधिकारी, भगवती रोका भूमिका, कृष्ण मोक्तान र प्रशान्त डंगोल रहनुभएको थियो । त्यसैगरी शिवपुरीको शिक्षक टोलीको नेतृत्व जनज्ञान मा.वि.का शिक्षक श्रीराम पाठकले गर्नुभएको थियो भने उहाँको टोलीका अन्य खेलाडीहरूमा बोधनाथ लामिछाने, जनक थपलिया, माधव ठकुरी, जीवन हितान र अन्जान अन्जान रहनुभएको थियो ।
दुई सेट मात्र खेलिएको मैत्रीपूर्ण खलिबल खेलमा पहिलो सेट शिवपुरी शिक्षक टिमले २५–१८ मा जितेको थियो भने दोस्रो सेट साखेस नेपालको टिमले २५–२० मा जितेको थियो ।

खेलमा अतिथि खेलाडीमो रूपमा शिवपुरी गाउपालिकाका प्रमुख रामकृष्ण थापा, निवर्तमान प्र.अ.ताराप्रसाद पाठक, विशिष्ट अतिथि रामबाबु सुवेदी र डा.बिदुर चालिसेले पनि सहभागी हुनुभएको थियो ।
खेलमा उत्साह र हौसला प्रदान गर्न सयौँ शिक्षक, विद्यार्थी, अभिभावक र वरपरका दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

यस अघि काठमाडौँबाट गएको साहित्यकारको टोलीलाई ज्योति कुञ्ज एकेडेमी, थानसिङमा भव्य स्वागत गरिएको थियो । विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोलले उपस्थित साहित्यकार हरूलाई स्वागत गर्दै देशका विभिन्न ठाउँबाट पाल्नुभएका साहित्यकारहरूको आगमनले विद्यालय परिवारलाई खुशीलागेको कुरा व्यक्त गर्दै यसबाट विद्यालयका भाइबहिनीहरूलाई पनि हौसला र प्रेरणा मिल्ने बताउनुभयो । साखेसका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले यसरी विभिन्न ठाउँमा गरिने भ्रमण, खेलकुद र साहित्य लेखनको आवश्यकता र महत्वको बारेमा बताउनुभएको थियो । स्वागत समारोहमा विशिष्ट अतिथि रामबाबु सुवेदीले बालगीत गाएर सुनाउनुभएको थियो ।

कार्यक्रममा काठमाडौँबाट निम्न साहित्यकारहरूको सहभागिता रहेको थियो:
रामबाबु सुवेदी, डा.बिदुर चालिसे, डा.बमबहादुर जिताली, पुष्करराज रेग्मी (पाल्पा), बासुदेव गुरागाई, डा.गोपाल पौडेल मण्डने, प्रेम राई परीक्षित (खोटाङ), रामप्रसाद पन्त, ठाकुर शर्मा, प्रह्लाद लामिछाने, भगवती रोका भूमिका, दुर्गाप्रसाद अधिकारी भमरकोटे, बलराम दाहाल, भैरवी ढुङ्गाना भूगोल, मुरली प्रसाद ढकाल, दामोदर ढकाल दीपक, गङ्गा आचार्य सेढाई, गङ्गा आचार्य (पर्वत), राधादेवी पाण्डे र लक्ष्मी बस्नेत।

कार्यक्रममा खेलकुद समितिका निम्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपाल, महासचिव उमेश पाण्डे, कोषाध्यक्ष तारा के.सी., सहकोषाध्यक्ष प्रशान्त डंगोल, सदस्य टंकबहादुर खत्री, सदस्य सीता बिष्ट कार्की, सदस्य धरणीधर गुरागाई, सदस्य सानु शर्मा, सल्लाहकारहरू कृष्णप्रसाद अधिकारी र द्वारिका कुइकेल ।

काठमाडौँबाट बिहान १०ः३० मा हिडेको साहित्यिक टोलीले गोंगबुँ, टोखा, झोर, जगात, गुर्जेभङ्ज्याङ, ठानाभङ्ज्याङ, काफलडाँडा (शीतलपाटी), जनज्ञान मा.वि.(थापागाउँ), ज्योति कुञ्ज एकेडेमी (थानसिङ, छहरे) सम्म पुगी विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै पुनः सोही बाटो हुँदै साँझ ६ः३० मा काठमाडौँ आइपुगी आफ्नो यात्रा समापन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.