जहाँ इच्छा त्यहा उपाय, ५५ वर्षिया गोमा पराजुली ५ कक्षा पढ्दै।

Share

पोखरा।

भनिन्छ नि जहाँ इच्छा त्यहा उपाय । सँगै नेपाली अर्को उखान पनि छ खाने मुखलाई जुंगाले छेक्दैन । हो यी उखानलाई पोखराकी ५४ वर्षिया गोमा पराजुलीले साबित गर्नुभएको छ । कास्कीको हंसपुरमा जन्मिनुभएकी गोमा सानोमा पढ्न पाउनुभएन । पढ्ने इच्छा भएपनि पारिवारिक वा समाजका कारण उहाँको त्यो इच्छा पुरा हुन नसकेको थिएन । बिहे भएर पोखरामा आउदा उहाँ पढ्न नपाएको त्यो भोक आफ्ना सन्तानलाई पुरा गराउन गोमाले आफ्ना सन्तानलाई पढाउनुभयो।

गोमाका २ छोराहरु अहिले अमेरीकामा छन् । गोमाका श्रीमानको निधन भइसकेको छ । अहिले गोमा पोखरा १७ मा रहेको एक सरकारी विद्यालयमा कक्षा ४ मा पढ्नुहुन्छ । आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उहाँ दैनिक रुपमा स्कुल जाने आउने गर्नुहुन्छ । उहाँको त्यो पढ्ने इच्छा आफैले पुरा गर्न गोमा स्कुल जाने आउने गरेको बताउनुहुन्छ ।

गोमा भन्नुहुन्छ – “छोराहरुलाई पढाएर आफ्ना खुट्टामा टेक्न सक्ने बनाए, उहाँको पनि निधन भयो, छोराहरुले अमेरीका बोलाउछन्, मलाई जान मन लाग्दैन । समाजमा यतिकै बस्नुभन्दा दैनिक स्कुल आउछु । आफ्नो सानै देखि पढ्न नपाएको इच्छा पुरा हुदा गोमाको मुहारमा खुसीको बहार आउने गर्दछ ।” “सँगै पढ्ने केटाकेटीलाई गोमा साथी भनेर बोलाउनुहुन्छ”, उनिहरुले पनि गोमालाई साथी भनेर बोलाउछन्।

सुरुमा उहाँ स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षक र विद्यार्थीहरु पनि अचम्ममा परे । आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो। आफ्नो स्कुल जीवनको रमाइलो अनुभव सुनाउनु भयो।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.