जातीय विभेद र छुवाछूत अन्त्यको पदयात्रा !

Share

 

ज्ञानु पंगेनी

बैशाख ३ ,नवलपुर

जातीय विभेद र छुवाछूतको व्यवहारिक रुपमै अन्त्य गरौ भन्ने मूल नारा सहित सुरु गरिएको महाकाली–मेची पदयात्रा मंगलवार नवलपुर आईपुगेको छ । कावासोती नगरपालिकाले पदयात्रामा सहभागि अभियान्तालाई नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । नगर प्रमुख चन्द्र कुमारी पुनले पदयात्रामा सहभागि होमनाथ आचार्य , अशोक दर्नाल र रीता परियारलाई खादा र अविरले सम्मान गरिन ।

कार्यक्रममा अभियानमा सहभागि अभियान्ताहरुले पदयात्राका क्रममा अहिलेसम्म आफुहरु पुगेको ठाउमा छुवाछूतको अवस्था कस्तो पाईएको थियो भन्ने बारेमा आफ्ना अनुभव सुनाएका थिए । ‘ कानुनी रुपमा छुवछूत गर्न नेपालमा छुट छैन तर व्यवहारमा त्यो लागु हुन सकेको छैन । जसले गर्दा वर्षौबाट चलेको सिस्टमलाई परिर्तन गर्दै सुल्टो होईन उल्टोबाट सुरु गरौ भनेर हामिले नाम पनि महाकाली – मेची पदयात्रा राखेका हो । ’ अभियान्ता होमनाथ आचार्यले भने पछिल्लो समय जातीय छुवाछूत न्युनिकरण हुदै गएको भनिए पनि सोचेजस्तो परिवर्तन भने अझै पनि हुन नसेकेको आचार्यले बताए । जातीय छुवाछुतका कारणले गरिएको विभेद र उत्पीडन पहिला जस्तो थियो त्यो अहिले पनि त्यस्तै रहेको मात्र ,त्यसको सन्दर्भ , स्वरुप र संरचना मात्रै परिवर्तन भएको आचार्यलेले बताए । पश्चिम क्षेत्रका विभिन्न बादी समुदाय र दलित बस्तिमा आफुहरुले प्रत्यक्ष रुपमा उनीहरुको समस्या र भोगाई बुझ्न यात्राका क्रममा राजमार्ग आसपासका क्षेत्रमा मात्रै नभई दलित बस्तिहरुमा समय बिताएको सुनाए । देशमा आमूल परिवर्तन आएर अहिले तीन वटा सरकार बनिसकेको अवस्थामा स्थानीय सरकारकै जनप्रतिनिधीहरुले छुवाछूतको शिकार हुनुपरेको अवस्था अझै पनि व्याप्त देखिएको उनले बताए । सहरमा छुवाछुत छैन भन्ने गरिए पनि दलित समूदायले बजार क्षेत्रमा घरभाडामा नपाएको , दलित जनप्रतिनिधीले प्रदेश र केन्द्रको राजधानीमा कोठा नपाउने , मन्दिरमा पस्न नदिने , समुदायमा भोजभतेर , जन्ती मलामिमा सहभागि हुन नपाईने लगायतका छुवछूत अझै पनि व्याप्त रहेको पाईएको आचार्यले बताए । उनले छुवाछूतलाई जरैबाट उन्मुलन गर्न तीन वटै सरकारले ईकोनोमिक स्किम लागु गर्न आवश्यक रहेको बताए । दलित भएकै कारण आर्थिक गतिविधिमा संलग्न हुन नपाउदा समूदायको जिवन स्तर माथी उठ्न नसकेको भन्दै आचार्यले पालिका र गाउपालिका , विद्यालय , सरकारी कार्यालय भित्रका चमेनागृह दलित समूदायले चलाउने वातावरण बनाउने , होटल , डेरी र खाद्य पदार्थका पसलहरु संचालनमा दलित समूदायलाई अनुदान उपलब्ध गराउने तथा प्रबद्र्धन गर्न सकेमा परिवर्तन देखिने उनले बताए । छुवाछूत अन्त्य साझा मुद्धा बन्नुपर्ने र गैह्रदलित पनि सामेल हुनुपर्छ भन्ने सन्देश दिन आफु गैह्र दलित भएर पनि छुवाछूत अन्त्यका लागि पदयात्रा सुरु गरेको आचार्यले बताए । अभियानमा आफुलाई परिवारको पुरै सहयोग रहेको जानकारी दिए । समाजमा जरा गाडेर रहेको कुरीती अन्त्य गर्न त्यति सजिलो भने नभएको उनले सुनाए । कतिपय आफन्त र समूदायका व्यक्तिहरुले घरमा वुवाआमालाई छोराले नचाहिने काम गरेर हिड्यो रोक भनेर सुनाउने गरेको बताउदै आचार्यले परिवर्तनको बाटोमा हिडेकाले आफु कुनै पनि कुराले बिचलित नहुने बताए । यस्तै अर्की अभियान्ता रीता परियारले पदयात्राका क्रममा नै आफुहरुमाथी विभेदको भएको अनुभव सुनाईन । विभिन्न स्थानमा सबल व्यक्तिहरुले एक रात आफ्नोमा बस र एक छाक खाएर जाउ भन्न नसककेको उनले बताईन । ‘दलित भएकै कारण हामिले गैह्र दलितकोमा बास पाएनौ , हामिले भेटेका धेरै व्यक्तिहरु एक दिन बस्न र खान दिन नसक्ने हुनुहुन्नथ्यो । तर, उहाहरुले हामिलाई होटेलमा बस्ने व्यवस्था मिलाउनुभयो । जाउ“ संगै आज हाम्रोमा बसा“ै भन्न सक्नुभएन । एक छाक खान नसक्ने अवस्था भएका दलित समूदायका व्यक्तिकोमा बरु हामिले बास पायौ । ’ परियारले भनिन – जातीय छुवाछूतको व्यवहारिक अन्त्य गर्न , दलित र गैह्रदलित समुदाय बीचमा सकारात्मक सन्देश दिनका लागि पदयात्रा सुरु गरेको परियाले बताईन । यस्तै अर्का अभियान्ता अशोक दर्नालले देशको मध्यविन्दु नवलपुरमा आईपुक्दा ७५ लाख १२ हजार पाईला हिडेको जानकारी दिए । मध्यविन्दुसम्म ५ सय १२ किलोमिटर भएपनि आफुहरु भित्री गाउहरुमा समेत पुगेकाले ६ सय ८६ किलोमिटरको यात्रा पार गरिएको बताए । ४४ वटा स्थानीय तहमा कार्यक्रम गरिएको उनले बताए । दर्नालले अहिलेको नया“ पुस्तामा छुवाछूत नभएको भन्ने कुरा बजारमा आएपनि त्यो सहि नभएको उनको भनाई छ । अहिलेको बौद्धिक व्यक्तित्वहरुले समेत छुवाछूतलाई त्याग्न नसकेको दर्नालले बताए । महाकाली – मेचि अभियानले छुवाछूत निर्मूल पार्न व्यवहारमा परिवर्तन हुनपर्छ भन्ने सन्देश दिन खोजिएको दर्नालले बताए । दलित समूदायको मुद्धा हाम्रो पनि मुद्धा हो भनेर दलित – गैह्र दलित सबै समूदाय मिलेर अभियान थालेमा सफल भईने दर्नालले बताए । महाकाली – मेची अभियान गत चैत महिनाको तीन गते महाकालीको चा“दनी – दोधाराबाट सुरु गरिएको हो । एक महिनाको अवधिमा नेपालकै मध्य भाग नवलपुरमा अभियान्ता आईपुगेका छन । ४५ दिनमा अभियान पुरा गर्ने लक्ष्य अनुसार पदयात्रा सुरु गरेको भए पनि स्वास्थ्य र गाउगाउमा पस्दै आउदा ढिलाई हुन पुगेको अभियान्ता दर्नालले जानकारी दिए । अबको कम्तीमा २०÷२५ दिनमा मेचीसम्म पुग्ने लक्ष्य राखिएको उनले बताए । अभियानमा कुनै पनि संघसंस्थाको सहयोग नलिएको , स्वतः स्फूर्त रुपमा नागरिक स्तरबाट सहयोग भएको दर्नालले बताए । कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले छुवाछूत अन्त्यका लागि नगरपालिकाले निति निर्माण र चेतनाको कामलाई तिब्र पार्ने बताईन । संस्कार बदल्न त्यति सजिलो नभए पनि निरन्तर रुपमा सचेतना जगाउन सके परिवर्तन आउन सक्ने उनको भनाई थियो । भाषण र बोलेर मात्रै परिवर्तन आउन नसक्ने भन्दै दलित मात्रै नभई हरेक जातीभित्र रहेको विभेदलाई अन्त्य गर्न आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.