युएईमा `डम्फू साँझ-२०१९´ बृहत सांस्कृतिक कार्यक्रम हुदै।

Share

हरि दुलाल, युएई।

तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऎतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारेको छ ।

तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलन चल्तिको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ ।
भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकताबद्ध गर्ने उदेश्यले युएईमा रहेका नेपाली युवाहरुले डम्फू साँझ कार्यक्रम आयोजना गर्न लागेेेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन।

“हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान” भन्ने मुल नारा लिएर युएईको देरादुबई स्थित कार्ल्टन टावरमा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट तामाङ चलचित्र देखि सेलो जगतका चर्चित हस्तिहरु समेत युएई आउँने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएका छन ।

चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जितु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको बरिस्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुस्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ रहेका छन् ।

यहीँ आउदो अप्रिल-१९ तारिखका दिन दिउँसो ठिक १ बजे सुरु हुन लागेको उक्त कार्यक्रमको लागि आयोजक टिम युएईको विभिन्न शहरहरुमा पुगेर नेपाली क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुलाई प्रत्येक्ष भेटेर निमन्त्रणा कार्ड दिने देखि कार्यक्रममा उपस्थितिको लागि सबैलाई आह्वन गरेको पत्रकार सम्मेलनमा जानकारी गराए।

डम्फू साँझ कार्यक्रमका लागि मुख्य प्रायोजको रुपमा फिस्टल ट्राभल्स एण्ड टुरिजम एलएलसि छन भन्ने अरु अन्य प्रायोजकहरुमा पुरानो नेपाली रेष्टुरेन्ट, नशा दोहोरी साँझ, एनपिएल ग्लोबल, बराहा ज्वइलरी, बराहा मिनि मार्केट, कन्चनजंगा रेष्टुरेन्ट, नेपाली गोल्स सप, रोयल डिसकभरि लगायत रहेका छन।

त्यसैगरि कार्यक्रमको सपोर्ट बाईको रुपमा तामाङ समाज युएई, नेपाली जन प्रगतिशील मंच युएई, त्रिसुली समाज युएई, काभ्रे सेवा समाज युएई, सर्लाही सेवा समाज लगायतका युएईका विभिन्न सामाजिक व्यक्तित्वहरुले समेत डम्फू साँझ कार्यक्रमलाई विशेष सहयोग गरेका छन।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.