गायक पवन राज स्याङ्बोको “तोर तोर म्हावर घाङ घाङरी” बजारमा ( भिडियो सहित )

Share

 उत्तम बिक

नेपाली संगीतिक बजारमा उदाउदै गरेका स्वरका धनी नव गायक पवन राज स्याङबोको तामाङ सेलो गित तोर तोर म्हावर घाङ घाङरी हालसालै मात्रै बजारमा आएको छ ।

क्लिक नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा घर छोडेर परदेश पुगेका श्रमिकहरुको पिडा बारे दर्शाईएको छ । सम्भु मोक्तानको निर्देशन रहेको उक्त सेलो गितमा पवन राज स्याङबो, ईन्दिरा गोलेले स्वर भरेका छन भने अशोक लोहोरुङ्ले संगीत संयोजन गरेका छन ।

कोस बोम्जनद्धरा मलेसियामा छ्याङकन गरिएको भिडियोमा सम्भु र हिमशिला लामाको अभिनय रहेको छ । सेलो गितको शब्द सपूत दोङको रहेको छ भने संगीत अमृत लामाले भरेका छन साथै भिडियोको सम्पादन पाटो ललित सिंह साउदले गरेका छन ।

काभ्रे जिल्लाको कोशिपारी चौरी देउराली गाउपालिका अन्तर्गत १ नम्बर वडा सानो बाङथलीमा जन्मिएका गायक स्याङबो गित संगीत प्रति सानैदेखि रुचि रहेको बताउछन । हाल सम्म चारवटा गितमा स्वर भरी सकेका गायक स्याङ्बो तामाङ गित संगीत मार्फत आफ्नो कला सस्कृतिको संरक्षण गर्नु पर्ने बताउछन भने गायक स्याङबोले जन्म गाउँ बाङथलीलाई समेटेर गाएको “बाङथली गाउको म ठिटो” को म्युजिक भिडियो पनि छिटै बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिएका छन ।

बाकी भिडियोबाट …..

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.