शोभा अर्जुन संगीत कोषको घोषणा तथा “संगीत र समर्पण” बिमोचन ।

Share

हिमालय अनलाइन मिडिया,

नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायीका तीर्थ कुमारी थापालाई आज एक कार्यक्रम बिच सम्मान गरीएको छ ।

शोभा अर्जुन संगीत कोष र नेपाली लोक बाजा संग्रहालयको संयुक्त आयोजना तथा सांस्कृतिक संस्थानको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा आजै लोहनीद्वारा गाइएका केहि गीतहरु श्रद्धाञ्जली स्वरुप उहाँकै विद्यार्र्थीहरु तथा सांस्कृतिक संस्थानका कलाकारद्धारा प्रस्तुत गरिएको छ ।

नेपाल सांस्कृतिक संस्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा गायिका लोहनीका परिवार (दुई छोरी र छोरा बुहारी) ले उनको स्मृतिमा स्थापना गरेको शोभा अर्जुन संगीत कोषको समेत घोषणा गरियो । उक्त कोष यसै वर्षदेखि स्थापना गरिएको हो र सो कोष राशी २ लाख रहेको छ । शोभा अर्जुन संगीत कोष श्रीमान् अर्जुन बाबु तिवारी र शोभा तिवारी लोहनी दम्पत्तिको नाममा स्थापना गरिएको छ ।

छोरा आशिष तिवारी ,बहिनी स्मृती थापालिया तिवारी , बुहारी रोजिना तिवारी ढकाल ,र रीचा शर्मा तिवारी भएर एउटा कोष खोल्ने समेत निर्णय भए बमोजिम शोभा अर्जुन संगीत कोषको नामकरण गरी यसै वर्ष देखी आज देखि गरेको यसै कार्यक्रम मार्फत घोषणा गरीएको छ । कोषको निम्ती २०७५ साल असार ३१ गते नै डार्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कलंकीमा २ लाख रुपैयाँ जम्मा रकम जम्मा भइसकेको छ । कोषका लागि गोबिन्द ढकाल र तुलसा ढकालले करीब पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । यसैगरी त्रि वि वि ललितकला क्याम्पस केन्द्रिय विभाग प्रमुख ज्ञानुराधा गोरखालीले बीस हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

स्व. लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि आजै बिमोचन गरीएको छ । कार्यक्रममा गायीका शोभा तिवारी लोहनीको जिवनमा आधारित निर्माणाधिन बृत्तचित्र “शोभाका स्मृतिहरु”का केही झलक पनि प्रस्तुत गरिएको थियो ।

शोभा अर्जुन संगीत कोष को उद्देश्य यस प्रकार रहने छ ।
यस कोषको धनराशी २ लाख रहेको छ , सो राशी को ब्याजमा जम्मा भएको रकमले हरेक वर्ष उँहा को समझनामा गरिने कार्यक्रम मा नेपाली लोक संगीत बिषय मा अनुसान्धान वा शोध गर्न चाहने लालीत कला क्याम्पस को आइ ए ,बि ए तथा एम ए तह बाट एक जना विद्यार्थी लाई छात्रवृती प्रदान गर्ने हाम्रो योजना रहेको छ । जसको लागी नेपाल लोक वार्ता समाज सँग समन्वय गरी यो कार्य लाई अघी बढाउने ।
त्यसै गरी उहा का केहि रचना हरु छन जुन उहा ले टिपोट गर्नु भएको सग्रहित छ त्यस लाई अझ व्यवस्थित रुप ले भाषा हरु , शुद्धिकरण गरी एउटा उहा को कविता संग्रह निकाल्ने जुन उँहाको पनि इच्छा रहेको ले यस कार्यलाई अर्को वर्ष सम्म विशेष रुपमा अगाडि बढाउने योजना रहेको छ ।
उहा ले वि स २०६० साल मा लोक संगीत बिषय को पाठ्य पुस्तकको रुप मा निकाल्नु भएको लोक संगीतार्पण नामक उहा को कृती लाई पनि अध्यावधिक गरी पुन साझा प्रकाशन लाई प्रकाशन को अनुमती दिन का लागी एउटा विज्ञ समिती बनाएर अध्यावधिक गर्ने योजना रहेको छ । किताब मा नेपाली लोक संगीत का नयाँ आयम हरु थप्ने जस्ले गर्दा यो किताब चिर काल सम्म बाची रहने छ । साझा प्रकाशन ले पनि त्यो पुस्तक अध्यावधिक नगरे सम्म अर्को अंक छाप्न नमिल्ने र अहिले यो किताब करीब ८०० वटा मात्र रहेको जानकारी दिएको छ त्यसका निम्ती त्यसलाई तत्काल नै सुरुवात गर्नु पर्ने देखिन्छ ।
उहा को हरेक बर्ष जन्मजयन्ती तथा स्मृती दिवस मा नेपाली लोक संगीत को प्रर्वधन तथा संरक्षण को निम्ती कार्यक्रम हरु आयोजना गर्ने र समय समय मा नेपाली लोक संगीत को क्षेत्रमा उल्लेखीय योगदान पुर्याउनु हुने साधक हरु लाई सम्म्मान गरिने योजना रहेको छ ।
यस कोश मा रहेको ब्याज को रकम ले नेपाल लोक वार्ता समाज सँग सम्न्वय गरेर छात्रवृती दिने र समय समय मा बिभिन्न कार्य क्रम हरु गर्ने पर्ने भएकोले सके सम्म कोश को रकम बढाउन कोसिस गरिने छ त्यसका लागी हामी नेपाली लोक संगीत क्षेत्र सँग सम्वन्धित सबै सँग सहयोग का लागी आग्रह पनि गर्न चाहान्छौ । धन्यवाद ।

ऋचा श्रेष्ठ तिवारी (सदस्य)
शोभा अर्जन संगीत कोष

कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद तुलसी दिवसको प्रमुख आतिथ्यमा राष्ट्र्रिय नाचघर जमलको हलमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.