नेपाली चलचित्र ‘शत्रु गते’ युएइका बिभिन्न हलमा प्रदसनी हुदै ।

Share

रमेश खड्का काशी

नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा सफल चलचित्र ‘ शत्रु गते ’ खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई २ तारिक हुने  भएको छ।
नेपालमा दर्शकले मन पराएको चलचित्र ‘ शत्रु गते ’ पछिल्लो समय  सयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो। उच्च कमाइ गर्ने मध्येको ‘ शत्रु गते युएइका बिभिन्न सहरका हलमा लाग्ने भएको छ।

नेपाली चलचित्र शत्रु गते  युएइको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिब्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले जानकारी दिएका छन।

“शत्रु गते” मह सञ्चारको निर्माण र किरण केसीको प्रस्त्रुतिमा निर्माण भएको सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको  छ।

प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा  भुसाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको  प्रमुख भूमिका छ ।

चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ भने  नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.