पैसा अभाबले कला हुदा पनि गला भासिए सरह सपन।

Share
ईटहरी,
मान्छेको सपना हजारौ हुन्छ, ति हजारौ सपना भित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यहि सपनाको केन्द्रबिन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् । यस्तै सपना छ सपन श्रेष्ठ संग पनि तर, पैसा अभाबले गर्दा कला हुदा पनि गला भासिएको सरह भएका छन् उनि । आफ्नो कलालाई सबै माझ देखाउन मिडिया खोजिरहेका उनले पहिलो पटक अन्तरबार्ता दिएका छन् । जसमा उनको गाउने कला देखेर प्रस्तोता समेत चकित परेका छन । यति मात्र हैन गीत रेकर्ड गराईदिने देखि म्युजिक भिडियो बनाईदिने समेत त्यहि अन्तरबार्ताबाट बाचा समेत गरेका छन् । उनले सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । हेर्नुस् उनि संग गरिएको भिडियो कुराकानी सहित प्रतिभा प्रस्फुटन सहितको हेर्ने पर्ने अन्तरबार्ता ।
सानै देखि गीत गाउन रुचि राख्ने उनि गीत गाउदा आफ्ना साथीभाईहरु ओरिपरि बसेर सुनिरहन्थे । आमाको साथ र सहयोग निकै छ उनलाई, कुराकानीमा आफ्नो सपना पुरा गर्ने क्रममा आफ्नी आमाले खसी, कुखुरा समेत बेचेको यथार्थ सुनाए । गायनको भुत संग भौतारिदा भौतारिदै पढाईलाई पनि छाडेका उनि यहि सपनालाई साकार बनाउन दिनरात खटिरहे । तर स्वर भएर मात्र के गर्नु, गोजीमा टन्न पैसा नभए पछि सपना साथमै छ तर साकार पार्न सकिरहेका छैनन् ।
संगीत यात्राको लागि आर्थिक अभावले पिल्सिएको जिन्दगि बोकेका उनि पेशाले ट्याक्टरको लेबर हुन् । सपनाले अहिले सम्म संगीतको कुनैपनि औपचारिक ज्ञान समेत लिएका छैनन् तर उनको आवाज र गाउने कला सुन्दा कुनै स्थापित गायक भन्दा अलिकति पनि कम लाग्दैन । आफ्नो गायन कला गाउघरका धेरैलाई सुनाए उनले, त्यहाबाट आफ्नो स्वरको वाहावाही त पाए तर गाउघरमै सिमित रहयो त्यो वाहवाही । सार्बजनिक अन्तरबार्ता पछि उनलाई सहयोग गर्ने र उनको कलालाई प्रसंशा गर्नेहरु बढिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.