रुद्र थापा क्षितिजको “खेर गयो परदेशमै जवानी” भिडियो सहित ।

Share

उत्तम बिक दुबई २६ मे,

सुमधुर स्वरका धनि गायक रुद्र थापा “क्षितिज”ले परदेशको कथा ब्यथालाई समेटेर निर्माण गरेको म्युजिक भिडियो “खेर गयो परदेशमै जवानी” बजारमा अएको छ । स्वदेशको दुखलाई सुखमा परिणत गर्ने लक्ष्य बोकेर परदेश पुगेका नेपाली कामदारहरुको कथा ब्यथामा आधारीत उक्त म्युजिक भिडियो निकै नै मर्मस्पर्शी रहेको छ ।
रिङ्कु ज्ञावली र मेस्सी सिंह ठकुरीको अभिनय बिबि अनुरागीको संगित तथा एरेन्जर रहेको उक्त म्युजिक भिडियोमा स्वर तथा शब्द गायक स्वयम क्षितिजकै रहेको छ । आफ्नो तिन वटा एल्बम बजारमा ल्याई सकेका क्षितिजले दर्जनौं एल्बमहरुमा स्वर भरि सकेको उनले बताए ।
रोहित बिक्रम कार्कीको छयाङ्कण रहेको खेर गयो परदेशमै जवानी एल्बममा युएईको शारजाह, दुबई लगायत बिभिन्न ठाउका दृष्यहरु रहेका छन । सुरेश रावतको सम्पादन रहेको उक्त गिती एल्बममा डिम क्विन रेडिमेड गार्मेन्ट ट्रेडिङ. एल.एल.सी, गुल्मी सेवा समाज युएई, सिटि लाईफ ट्राभल्स, कालीमाटी फुड स्टफ एल.एल.सी लगायतको सहयोग रहेको गायक तथा निर्देशक क्षितिजले बताए ।
गुल्मी जिल्लामा रेसुंगामा जन्मिएका कलाकार क्षितिज बिगत पाँच बर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत छन भने प्रवासको बसाई संगै नेपाली कला संस्कृतिको जगेर्ना गर्दै सांगितीक क्षेत्रलाई निरन्तरता दिदै आएका छन । प्रवासको बसाई संगै आम कामदारहरुले बास्तबिक जिवनमा भोगेका समस्याहरुलाई दर्शक सामु ल्याउन कोशिस गरेका क्षितिजले नेपाली कला संस्कृतिलाई माया गरि दिनको लागी सबैलाई आग्रह समेत गरेका छन । बाकी भिडियो बाटै………..।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.