नेवा: पुच: युएईको सम्मान कार्यक्रम आयोजना ।

Share

प्रह्लाद दाहाल, युएई।

नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम युएई शारजाह स्थित सेन्ट्रो रोटाना होटेलमा आयोजना गरिएको छ। उक्त सम्मान कार्यक्रममा भर्खरै निर्वाचित एन आर एन अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईका उपाध्यक्ष तथा जुडो प्रशिक्षक प्रविन काजी श्रेष्ठ, एन आर एन शारजाह क्षेत्रीय अध्यक्ष बिरेन्द्र कुमार नकर्मी र सामाजिक, मानवीय तथा खेलकुदको माध्यम बाट समाजलाई प्रत्यक्ष अप्रत्यक्ष योगदान दिनुहुने महानुभावहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुनुहुनेहरुमा रवी शाही -एशियाली गोजु र्‍यु करांते महासंघ रेफ्री काउन्सिल सचिब, प्रेम श्रेष्ठ – करांते प्रशिक्षक/ खेलाडी, डा.सुरेन्द्र प्रसाद श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ वरिष्ठ सल्लाहकार, प्रज्वल श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी, प्रमोद श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी, भुवन नकर्मी – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी, भीम नारायण श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी, यशोदा श्रेष्ठ – भरतपुर नेवा: समाज केन्द्रिय सदस्य, सुशान्त श्रेष्ठ – मिष्टर एन्ड मिस कलेज चितवन २०१७ वेष्ट पर्सनालिटी/ फिगर अवार्ड विजेता, हिरा लाल श्रेष्ठ – देवराज बचाउ अभियान संयोजक/ भलिबल खेलाडी, किन्जल श्रेष्ठ – स्वर्णपदक बिजेता जुनियर करांते खेलाडी

उक्त कार्यक्रम नेवारी परम्परा अनुसार थकाली ज्येष्ठ ब्यक्ति लाई प्रमुख आसन ग्रहण गराएर कार्यक्रम संचालन भएको थियोे र बिशेष अतिथिहरुमा नेपाली समाज युएइका अध्यक्ष श्री चन्द्र प्रसाद सापकोटा, आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग रिन्जी शेर्पा, एन आर एन अध्यक्ष रमेश श्रेष्ठ लगायत अन्य संघ संस्था प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो।

महिला सदस्य नबिना शाक्यले कार्यक्रम सफलताको कामना गर्दै शुभकामना मन्तब्य प्रदान राखिन भने मन्तब्यको क्रममा  बक्ताहरुले नेवार समुदायले आफ्नोे नया पुस्तालाई भाषा संस्कृति जोगाउंदै नया पिंढिले गरेको उपलब्धिको सफलतालाई सम्मानित गरेको मा प्रशंसा गरेका थिए।

कार्यक्रम संचालन महासचिब कुमार बलामीले गरेका थिए।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.