एन आर एन स्पेनको सचिव पदको लागि अधिकारीको उमेद्वारी

Share

दिल कुमार श्रेष्ठ l

एन. आर. एन. ए. एन. सी. सी. स्पेनको अधिबेसन नजिकिदै गर्दा बिभिन्न पदहरुको निम्ति भागदौड सुरु भैसकेको छ l यसै क्रममा तारानाथ अधिकारी द्वारा स्पेनको एन आर एन २०१७-२०१९ कार्यकालको निम्ति सचिव पदको लागि उमेद्वारी दर्ता गराएका छन् l

खाडी मुलुकहरुमा १२ वर्ष कम्पुटर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनिहरुमा काम गर्दै आएका  तारानाथ अधिकारी समाज सेवामा पनि उतिकै तल्लिन थिए l

कतार बसाइको अबधिभर पनि बिभिन्न संघसस्था संग आबद्ध रही समाजसेवामा उनले  खेलेको भूमिका प्रसंसनिय रह्यो l  खाडीमुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै  हुन् l

अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए  खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाइ केहि वर्ष अगाडी मात्रै बिटमार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् l त्यहाँ पुगेलगत्तै उनलाई  समाजसेवाको भावले पछ्याईरह्यो l  पुन समाजसेवालाइ निरन्तरता दिने निर्णय संगै एन. आर. एन. ए. स्पेन संग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् l

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.