गुल्मी सेवा समाज कतारले बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम गर्ने

Share

कुमार “अविरल” पन्थी, कतार।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक सस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ३ तारिखका दिन बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार सम्पन्न सस्थाको छैठौ नियमित बैठकले उक्त निर्णय गरेको हो ।

कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

बैठकमा बोल्दै अध्यक्ष पाण्डेले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रम आयोजना गर्दै छौ । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।   कार्यक्रमको बारेमा छिटै नै सूचना प्रकाशन गरी वृस्तित रुपमा जानकारी गराइने साझा नेटवर्कलाई बताए ।

उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरु सहभागी हुन् पाउनेछन् । रोजगारीका सिलसिलामा जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन आग्रह  गरिएको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.