आबुधाबीमा “मह यात्रा” हुदै।

Share

न्युज हिमालय,

अंग्रेजी नया बर्ष २०१७ को अवसर पारेर काइट  इन्टरटेण्डमेन्टको आयोजनामा ग्रीनलाइन ट्राभल एण्ड टुरिजमको मुख्य प्रयोजक रहेको नेपाली सास्कृतिक कार्यक्रम “मह यात्रा” यहि आउदो सुक्रबार आबुधाबीको नेसनल थिएटरमा हुने भएको छ।

नेपालका बहु चर्चित हास्य कलाकार जोडी मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको  हास्यव्यंग्य सहित बेजोड प्रस्तुति रहने उक्त मह यात्रामा चर्चित गायक राजन राज शिवाकोटी, कलाकार मोहित आचार्य, नरेन्द कंसाकार, यमन श्रेष्ठ, पुर्णिमा लामा र युएईमा  रहेका  चिर परिचित रुन्चे गायक प्रकाश पौडेलको प्रस्तुति रहने छ ।

 

कार्यक्रम स्थान सम्म आउनको लागी बिभिन्न स्थानबाट यातायातको समेत व्यबस्था गर्न सकिने कार्यक्रम आयोजकले बताएका छन भने उक्त  “मह यात्रा” कार्यक्रम युएईको टुरिजम बोर्डबाट अनुमती लिएर गर्न लागिएको हो।

यस कार्यक्रमबाट संकलित  भएको रकम सामाजिक क्षेत्रमा खर्चिने भएकोले युएईमा रहेका सबै नेपालीहरुलाई चुलेनिम्तो सहित उपस्थित भएर कार्यक्रमको  मनोरञ्जन लिन आयोजकले  हार्दिक निमन्त्रणा गरेका छन।

भिडियो:

अंग्रेजी नया बर्ष २०१७ को अवसर पारेर kite entertainment को आयोजनामा greenline travel को मुख्य प्रयोजक रही यहि आउदो 6th Jan 2017 अबुधाबी स्थित Abudhabi National Theatre मा नेपालका बहु चर्चित हास्य कलाकार जोडी मह जोडीको (मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य) बेजोड प्रस्तुति र साथमा चर्चित गायक राजन राज शिवाकोटी (सुर्के थैली, छक्का पन्जा चलचित्र को चर्चित गित पूर्व पश्चिम रेल ) “नया बर्ष २०१७ मह यात्रा अबुधाबी “ कार्यकम लियर सम्पूर्ण युएईबासी नेपाली सामु आउदै हुनुहुन्छ ! कार्यक्रममा आफ्नो गौरवमय उपस्थितिको लागि सम्पूर्ण युएईबासी नेपालीमा हार्दिक आह्वान गर्दछ ! हेर्ने मौका नगुमाउनु होला !

Posted by Greenline Travel & Tourism on Saturday, 31 December 2016

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.