प्रवासीको लगानीको सुरक्षाका लागि प्रतिवद्ध छौ- एमाले सचिब भटटराई

Share

मोहन बस्याल, युएई ।

नेकपा एमालेका युवा नेता योगेश भटटराईले प्रवासी नेपालीले सामुहिक रुपमा गर्ने लगानीको सुरक्षाका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेकपा एमालेको प्रचार विभाग प्रमुख समेत रहनु भएका भटटराईले जलविद्युत तथा उत्पादन मुलक क्षेत्रमा सामुहिक लगानीका लागि आह्वान पनि गर्नु भयो । बिजया दशमीको अवसरमा प्रवासी नेपाली मञ्च युएईले दुबईको जाविल पार्कमा आयोजना गरेको दशै मिलन कार्यक्रममा सम्बोधन गर्दै भटटराईले राज्यको ध्यानाकर्षण गराउन तथा सबै पार्टिका तर्फबाट सहयोग जुटाउन आफुहरु क्रियाशिल रहने बताउनु भयो । प्रहरी ससस्त्र प्रहरी मात्र होईन लगानीको मात्रा हेरी नेपाली सेनाको सुरक्षा दिन तथा पार्टिका संगठनले माग्ने चन्दा रोक्नका लागि पहल गर्न सकिने उहाँले स्पष्ट पार्नु भयो ।
लामो समय अधिकार प्राप्तीको लडाई चलेको र संविधान निर्माण पछि मुलुकको पुर्न निर्माणको चरण शुरु भएको उहाँको भनाई थियो । भर्खरै निर्माणको चरणमा प्रवेश गरेकाले केही असहजता देखिएपनि नेपालमा लगानीको वातावरण नै छैन भननु गलत भएको उहाँको दाबी थियो ।

%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%87%e0%a4%b6%e0%a5%a9 %e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%87%e0%a4%b6-%e0%a5%a7

संविधान उत्कृष्ट ।
नेपालको बर्तमान संविधान विश्वकै उत्कृष्ट संविधान भएको भटटराईको दाबी थियो । समय गतिशिल छ समय संगै यसमा नयाँ नयाँ कुरा समावेश गर्नु पर्ने हुन्छ तर अहिलेको परिवेशमा विश्वका अन्य मुलुकसंग तुलना गर्दा हाम्रो संविधान उत्कृष्ट संविधान हो भटटराईले भन्नु भयो । अहिले तराईबासी तथा पहाडी क्षेत्रका जनजातिका केही असन्तुष्टी संविधानका बिषयमा देखिएपनि त्यसलाई छलफल र बार्ताका माध्यमबाट समाधान गर्न सकिने उहाँले बताउनु भयो । संविधान संसोधननै गर्नु हुँदैन भन्ने पक्षमा नेकपा एमाले नभएपनि मुलुकको राष्ट्रीय एकता, अखण्डता जस्ता मुद्धामा एमालेले सम्झौता नगर्ने उहाँले बताउनु भयो । नेपाल कुनै एक जातिले मात्र निर्माण नगरेकाले सबै जनजातिले अपनत्व अनुभुति गर्ने गरि मुलुकको निर्माणको चरण अगाडी बढाउनु पर्नेमा उहाँको जोड थियो ।

%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%87%e0%a4%b6-%e0%a5%aa   %e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a5%87%e0%a4%b6-%e0%a5%af

निर्बाचनमा ध्यान दिन आग्रह
नेकपा एमाले पुर्ण बहुमत सहितको सरकार निर्माणका लागि अगामी निर्बाचनको तयारीमा जुटेको भटटराईले बताउनु भयो । अगामी निर्बाचनमा आफ्ना घर परिवार तथा नालनातालाई फोन गरेर सुर्य चिन्हमा भोट हाल्ने वातावरण बनाउन उहाँले आह्वान पनि गर्नु भयो । प्रवासमा रहेका नेपाली नागरिकलाई प्रवासबाटै भोट दिने वातावरण बनाउने बिषयमा नेकपा एमाले सकारात्मक भएको भन्दै उहाँले यसका बिषयमा निर्बाचन आयोगले आवश्यक गृहकार्य गरि रहेको पनि बताउनु भयो । नेपालको निर्बाचन प्रत्यक्ष निर्बाचन हुने भएकाले यसमा केही जटिलता देखिएको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.