गायत्री थापाको चुलबुले माया बजारमा

Share
कमल न्यौपाने , नेपाली गीत संगीतको क्षेत्रमा थुप्रै सफल प्रस्तुती दिन सफल शिवदर्शन डिजिटलले फेरी अर्को उत्कृष्ट गीत बजारमा ल्याएको छ ।
गीतको अडियो सँगै भिडियो पनि बजारमा आएकोछ । निकै नै मार्मिक शब्द निर्माण गरी सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार गायत्री थापाको शब्द रहेकोछ उक्त गीतमा । गायक बिदुर घिमिरेलको आईटम पप गीत चुलबुले मायाको अडियो र भिडियो बजारमा आएको हो । नेत्र बन्धन के सिको संगीतमा गायक बिदुर घिमिरे र गायिका रिता के सिले गीतमा स्वर भरेकाछन ।
संगीतिक क्षेत्रमा लोक दोहोरी , आधुनिक सँगै पप गीतका थुप्रै सफल शब्द निर्माण गरी चर्चा कमाइसकेकी गायात्री थापा यो गीतबाट पनि सफलता हासिल हुनेमा ढुक्क छिन । चुलबुले माया बोलको गीतमा दिपेश कार्की र उनकी सहोदर बहिनी दीपा सँगै गणेशको सशक्त अभिनय देख्न सकिन्छ । उक्त गीतलाई दुर्गा पौडेलले क्यामरामा कैद गरेकाछन भने निर्देशन र सम्पादन जीवन सेन्चुरिले गरेकाछन ।
गायत्री थापाले निर्माण गरेको शब्दको केही अंश एस्तो रहेकोछ :
केटा : तिम्रो बैसालु नजरले हेर्यो मलाई
          तिम्रो त्यो बैसालु नजरले हेर्यो मलाई
          कल्पीए मायामा यो मन जलाई
          मेरो चुल्बुले चुलबुले मायालु छौ
          तिमी साह्रै नै साह्रै नै दयालु छौ ।
केटी : के कम छ तिम्रो त्यो रुपको जवानी
          के कम छ तिम्रो त्यो रुपको जवानी
          आँखालाई सके गर्दिन बैमानी
          मेरो चुल्बुले चुलबुले मायालु छौ
          तिमी साह्रै नै साह्रै नै दयालु छौ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.