दुबईमा बिशेष सुबिधा सहित एभरेष्ट रेस्टुरेन्ट संचालनमा

Share

न्युज हिमालय, दामोदर दाहाल।

हिजो ७ जेष्ठ २०७२ बिहिबारका दिन युएईको बर-दुबई स्थित एस्टोरिया होटेलको प्रमुख प्रवेशद्वार अगाडी रहेको “एभरेष्ट रेस्टुरेन्ट” भब्य कार्यक्रमका साथ उद्घाटन गरिएको छ।

रेस्टुरेन्ट व्यवसायलाई बिशेष प्रथामिकतामा राखेर निकै लामो समय देखि यहि क्षेत्रमा व्यवसाय संचालन गर्दै युएईमा रहेका नेपालीहरुको मन जित्ने स्वादिस्ट नेपाली खाना प्रदान गर्न स्थापना गरिएको “एभरेष्ट भोजनालय” नेपाली बिजनेस काउन्सिल दुबईका उपाध्यक्ष डा दिनेश आचार्य तथा श्रीमती लिला राईले सयुक्त रुपमा नरिवल फोरी रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा पत्रकार, नेपाली व्यावसायी, समाजसेवीहरुको बाक्लो जमघट रहेको थियो।

evestउल्लेख्य नेपाली समुदायकाबीच समुद्घाटन गरिएको रेस्टुरेन्टको क्षमता ६० जना भन्दा बढी रहेको जनाइएको छ। रेस्टुरेन्टमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिस्ट नेपाली परिकारहरू, नेवारी खाना, चाईनिज खानाका परिकारहरुका साथै थकाली खाना लगाएत बिशेष रुपमा फापर तथा कोदोको ढिडो सुलभ मूल्यमा पाइनुका साथै निसुल्क वाई-फाई र क्रेडिट कार्ड बाट पनि बिल भुक्तानी गर्न सकिने सुबिधा रहेको सञ्चालिका लिला राईले बताउनु भयो।

निसुल्क होम डेलिभरी सहित अग्रिम बुकिङको लागी अनलाइन मार्फत पनि खाना अर्डर गर्न सकिने युएईमै पहिलो नेपाली रेस्टुरेन्ट रहेको र लग इन गर्नको लागी www.everestrestaurantdubai.com मा सम्पर्क गर्न सक्नु हुनेछ ।

उपस्थित समुदायले बिभिन्न थरिका परिकारहरुको स्वाद लिदै खानाको खुलेर प्रसंसा गर्दै भोलिका दिनमा समेत यस्तै स्वाद र गुणस्थर कायम राख्न सकेमा ग्राकहरुको मन जीत्ने विश्वास दिदै नयाँ व्यवसायको लागि शुभकामना समेत दिएका थिए।evrst1
evrst2evrst3

everest rst1

One response to “दुबईमा बिशेष सुबिधा सहित एभरेष्ट रेस्टुरेन्ट संचालनमा

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.