नेपाली समाज युएइको निर्वाचन समितिले काम थाल्यो चाडै निर्वाचनको कार्यक्रम सार्बजनिक गर्ने:

Share

न्युज हिमालय सम्बाददाता  

नेपाली समाज युएईको २०१३/१५ कार्यसमितिको कार्यअवधि सकिए पछी नया समिति निर्माण गर्न गत शुक्रबार, २० मार्च २०१५ गठित निर्वाचन समितिले युएईमा क्रियासिल सामाजिक, राजनीतिक, जातीय, लगायत सम्पूर्ण संघसंस्था एबम सामाजिक ब्याक्तित्वहरुलाई नेपाली समाजको गरिमालाई अझ प्रभावकारी बनाउन यसमा आबद्ध एबम सुचिकृत हुन निर्वाचन समितिले सबैमा अनुरोध गर्दै आफ्ना कार्यक्रम अघि बढाएको छ |

निर्वाचन समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा गत २१ मार्च २०१५ को पहिलो बैठकले आगामी अप्रिल महिनाको दोश्रो साता सम्ममा आजीवन सदस्य, सस्थापक सदस्य तथा  युएईमा रहेका संघसस्थाहरुलाई समाजमा सुचिकृत गर्ने र त्यसपछि चाडै नै निर्वाचनको कार्यक्रम सार्बजनिक गर्ने लक्ष्य लिएको समितिका संयोजक कृष्ण पौडेलले बताएका छन |

उक्त बैठकले युएइमा क्रियासिल सामाजिक सस्थालाई नेपाली समाज युएईको सदस्यताको लागि भूगोलको आधारमा तिन तहमा बर्गीकरण गर्दै सुचिकृत गर्ने जनाएकोछ, जस अनुसार अंचल तथा केन्दीय स्तरका सस्थालाई ५ पार्षद सदस्य सहित सस्था दर्ता तथा नबिकरण शुल्क दिराम ३००/- तोकिएको छ त्यसैगरी जिल्लास्तरका सस्थालाई ५ पार्षद सदस्य सहित सस्था दर्ता तथा नबिकरण शुल्क दिराम २००/- तोकिएको छ भने गाबिस तथा नगरपालिका स्तरीय सस्थालाई ३ पार्षद सदस्य सहित सस्था दर्ता तथा नबिकरण शुल्क दिराम १००/- तोकिएको छ | समाजको साधारण सदस्यता शुल्क दिराम २०/- दिराम र आजिबन सदस्यता शुल्क दिराम २००/- यथावत कायम रहेको जनाएकोछ | गत बर्षहरुको तुलनामा यस बर्ष सस्थागत शुल्क कम राखिएकोले युएईमा रहेका धेरै सामाजिक संघ-सस्थाहरु सदस्य बन्न सक्ने अनुमान गरिएकोछ जसको कारण नेपाली समाजले आगामी दिनहरुमा प्रभाबकारी कार्यक्रमहरु ल्याई समाज अघि बढ्न सक्ने विश्वास सयोजक पौडेलको रहेकोछ |

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.