झापाको बिर्तामोडका कवि तीर्थविक्रम राईको एकल कविता वाचन कार्यक्रम हुने भएको छ।

Share

दमक फागुन १९।

झापाको बिर्तामोडका कवि तीर्थविक्रम राईको एकल कविता वाचन कार्यक्रम झिलझिलेमा हुने भएको छ । आउदो फागुन २३ गते शनिवारका दिन कवि राईको दोश्रो एकल कविता बाचन हुने भएको हो ।

आज झिलझिलेमा पत्रकार सम्मेलन गरि कवि राईले आफना सृजना सुनाउन तयारी गरिएको बताउनु भयो । लामो समय सम्म रोजगारीको सिलसिलामा कतारमा बस्दै आएका राईले घर आउदा कविता सुनाउन लागेका हुन् । यसअघि कतारमा नै सन् २०१२ मा उनले पहिलो एकल कविता बाचन गर्नुभएको थियो ।
उहांको एकल कविता बाचन कार्यक्रमको सम्पूर्ण संयोजन स्थानीय सतासी साप्ताहिक पत्रिकाले गरेको थियो। प्रवास बसेर साहित्यीक आन्दोलनमा होमिएका कवि राईले एकल कविता वाचन कार्यक्रममा देश,मायाप्रेम तथा विचारको कविता भन्दा पृथक साहित्यीक खुराक दिने बताउनुभयो । उहाँले देश देखि प्रवासमा रहेका सारा नेपालीहरुको अवस्थालाई नजिकबाट प्रस्तुत गरिने बताउनुभयो । त्यसअबसरमा े १० देखि १५ ओटा स्वदेश र प्रवासका भोगाईलाई उर्तादै कबिताहरु सुनाइने जनाएको छ ।

कवि राईले २०५२ सालमा कथा,कविताको संग्रह ‘ बसन्त’,२०५७ सालमा ‘मेरो प्रतिनिधी कविताहरु’ र २०६५ सालमा कतारबाट ‘संगालो’ नामक साहित्यीक कृति निकालीसक्नु भएको छ । उहांको एकल कविता बाचन कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ लगायतका चर्चित साहित्यकारहरुको उपस्थिती रहने जनाईएको छ । अन्तराष्ट्रिय नेपाली साहित्यीक समाज कतार च्याप्टर शाखाका अध्यक्ष समेत रहेको कवि राईको एकल कविता वाचन कार्यक्रम सफल बनाउन तयारी तीव्र पारेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.