आबुधाबिमा सम्पन्न एसियन फुड फेस्टिबल २०१५ मा नेपालको सर्हानिय सहभागिता

Share

न्यूज हिमालय संवाददाता,

अबुधाबी, ७ फेबु्रअरी २०१५– संयुक्त अरब इमिरेटसस्थित भारतीय दूतावासको प्राङ्गडमा आयोजित एक दिने “एसियन फुड एण्ड ह्याण्डीक्राफ्ट फेस्टिबल २०१५” मा नेपालले सर्हानिय सहभागिता जनाएको छ ।

food festival - 13

भारत, चिन,पाकिस्तान, कोरिया, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्स, जापान, काजकिस्तान, मलेशिया, भियतनाम लगायत १५ देशका खाद्य सामग्री तथा हस्तकलाका सामग्रीको प्रदर्शन, प्रचार तथा बिक्रीवितरण गर्न राखिएका स्टलमा नेपालको सहभागितालाई विभिन्न मुलुकका बासिन्दाले रुचिपूर्वक अवलोकन गरेका थिए ।

food festival - 8

नेपालको स्टलमा बिभिन्न किसिमका स्वादिष्ट नेपाली परिकारहरु राखिएको  थियो । स्टलमा प्रदर्शनीमा राखिएको नेपाली दौरासुरुवाल, ढाका टोपी, गुन्युचोलोको प्रदर्शनीलाई विदेशीहरुले विशेष महत्वका साथ पारख गरेका थिए भने बिभिन्न सांस्कृतिक महत्व झल्कने भेषभुषामा सजिएका नेपाली महिला तथा पुरुषहरुको लवाजप्रति बिदेशीहरु आकर्षित भएका थिए ।

food festival - 7

 

छोटो समयमा प्रदर्शनीमा भाग लिनु परे पनि नेपालको उपस्थितिले विदेशीहरुमा सकारात्मक प्रभाव परेको यूएईका लागि नेपाली राजदूत धनन्जय झाले जानकारी दिएका छन् । उक्त मेलामा बिभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पनि उपस्थिति जनाएका थिए ।

food festival - 10

सो अवसरमा यूएईमा क्रियाशील केही जातीय संघसंस्थाका पदाधिकारीहरुले आफ्नो जातीय पहिचान झल्काउने पहिरनका साथ कार्यक्रममा भाग लिएर नेपालीहरुको विविधतामूलक संस्कृतिको झल्को दिएका थिए ।

food festival - 4

कार्यक्रममा थाइल्यान्ड, फिलिपिन्स लगायतका देशका कलाकारहरुले आफ्ना मौलिक सांस्कृतिक नृत्यहरुले सहभागीहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
यूएईमा स्थानीय नेपाली कलाकारहरुको कमी नभए पनि उक्त कार्यक्रममा नेपालको तर्फबाट कुनै पनि सांस्कृतिक प्रस्तुति नभएकोमा सहभागीहरुले दुखेसो प्रकट गरेका थिए । यूएईमा स्थापित एसियन दूतावासका राजदूतहरुको समूहको पहलमा उक्त कार्यक्रमको आयोजना भएको हो ।

food festival - 2 food festival - 3

food festival - 6

food festival - 12

food festival - 9

food festival - 1

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.